चन्द्रज्योती माविको ५९ औ वार्षिक उत्सव भब्य रुपमा मनाइयो

  • १७ जेष्ठ २०७५, बिहीबार
  • 1061 पटक पढिएको

तुलप्रसाद पुन / खिवाङ १७ जेठ । धौलागिरी गाउँपालीका ४ खिवाङ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग, हेम मावि स्रोत केन्द्रको संयोजन र विद्यालयको आयोजनामा मावि स्तरका विद्यार्थी र शिक्षकहरुबीच हाँजीरी जवाफ, लोक नृत्य र चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

१० विद्यालय सहभागी मावि स्तरीय विद्यार्थीहरुबीचको हाँजीरीजवाफ प्रतियोगितामा हेम मावि शिवाङ प्रथम, जनजागृती मावि मल्कवाङ दितृय र ताकम मावि ताकम तितृय भएका छन् ।शिक्षकहरु बीचको हाँजीरीजवाफ प्रतियोगितामा भुमे आधारभुत विद्यालय मच्छिम प्रथम, हेम मावि शिवाङ दितृय र लुलाङ आधारभुत विद्यालय तितृय भएका छन् । लोक नृत्य प्रतियोगितामा चेचुङ आधारभुत विद्यालय प्रथम, हेम मावि शिवाङ दितृय, किसानी मावि धारापानी र जनविकास मावि मराङ तितृय भएका छन् ।

यसैगरी चित्रकला प्रतियोगितामा जनकल्याण मावि गुर्जा प्रथम, कल्लेनी आधारभुत विद्यालय दितृय र लुलाङ आधारभुत विद्यालय तितृय भएका कार्यक्रममा सहभागी लुलाङ आधारभुत विद्यालयका शिक्षक निकेश खड्काले जानकारी दिनुभयो ।शिक्षक र विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन अग्रसर बनाउने, बाह्य ज्ञानको विकास गरी शैक्षिक गुणस्तर र सिकाई उपलब्ध सुधारमा सघाउ पुराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सामाजिक रुपान्तरणको प्रमुख आधार शिक्षाको सुधारका लागि सामुदायीक विद्यालयको शैक्षिक अवस्थामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । प्रस्तावीत विद्यालयको समस्या समाधानका लागि नितीगत रुपमा पहल गरिएको बताउँदै विद्यालयकी पूर्व प्रअ समेत रहनुभएकी उहाँले शैक्षिक सुधारका लागि पालिकाले चालेका कदमलाई सफल बनाउन शिक्षक, अभिभावक, प्रशासन, विद्यार्थी र व्यवस्थापन समितिबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले शिक्षण बिधीमा परिवर्तन, सूचना प्रबिधि, पुस्तकालय, अतिरिक्त क्रियाकलाप र शिक्षण सहयोगी सामाग्रीको प्रयोगबाट विद्यार्थीको पढाईप्रती रुचीसंगै सिकाई उपलब्ध बढाउनुपर्ने बताउनुभयो ।संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जिवी रेग्मीले गुडनेवर्स ईन्टरनेशनलको सहयोगमा संस्था मार्फत गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा १८ वटा सामुदायीक विद्यालयमा म्याग्दी सामुदायीक विकास कार्यक्रम मार्फत सहयोग गरिदै आएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर पुनको अध्यक्षता, प्रअ प्रकाश आचार्यको सञ्चालन र शिक्षक ठाकुर सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शिक्षक महासंघका गाउँपालिका अध्यक्ष हरिहर पौडेल र ताकम माविका प्रअ ओमकार पौडेलले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।