साहीत्यकार शर्माको ७० औ जन्मदिनमा १४ औ कृती बिमोचन

  • १७ जेष्ठ २०७५, बिहीबार
  • 2499 पटक पढिएको

बेनी १७ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १४ औ कृती गित संग्रह “बह”को बिहीबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतीको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले बिमोचन गर्नुभएको हो । यो कृतीमा सामाजिक, राजनितीक, माया प्रेम र जिवन संघर्षका विषयबस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

शर्माले वि.स २०६२ देखि हरेक जन्मदिनमा कृती प्रकाशन गर्दै आउनुभएको छ । उहाँले यसअधि कबिता संग्रह चिताको काखमा, आमाको सम्झना, तस्वीरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गर्नुभएको थियो । यसैगरी शर्माद्धारा लिखीत कथा संग्रह यौटा कथाको कथा, गितीकाब्य खोरभित्रको स्वर १ र २, कोख र काख (खण्डकाब्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (मुक्तक संग्रह), आक्रात आवाज (आलेख), यात्राका अनुभुती (नियात्रा) प्रकाशन भैसकेको छ ।

सोही अवसरमा अर्का साहीत्यकार अजयमिलन श्रेष्ठद्धारा लिखीत मुक्तक संग्र्रह “स्वर्गको टुक्रा”को कृती समिक्षा गरिएको थियो । यस मुक्तक संग्रहमा म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटा वडाको प्राकृतिक, जातीय, धार्मीक, पर्यटकीय बिशेषतालाई मुक्तकको रुपमा प्रस्तुत गरिएको छ ।

लक्ष्मीनारायण मन्दिर विकास समितिका अध्यक्ष अबिर कुमार श्रेष्ठको अध्यक्षता, देविप्रसाद शर्मा (शिव सस्मीत)को सञ्चालन र सञ्जयकुमार श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गिती संग्रहको भक्त कार्की र मुक्तकको कृष्णबहादुर बानियाले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेल, जेष्ठ नागरीक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ र सुवर्णप्रसाद श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।