एन.आर.एन.ए साउदी द्धारा एक लाख अक्षय कोष स्थापना गर्ने घोषणा

  • ५ चैत्र २०७३, शनिबार
  • 2119 पटक पढिएको

१७ मार्च, २०१७ अंजनी कुमार अधिकारी

जुबेल साउदि अरब । हिजो साउदी अरबको जुबेल स्थित न्यु अन्नपुर्ण नेपाली रेस्टुरेन्टमा एनआरएनए जुबेल स्थानिय समन्वय समितिको आयोजनामा होलि शुभकामना आदन-प्रदान तथा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जुबेल स्थानिय समन्वय समितिका अध्यक्ष ओम फुयालज्युको सभापतित्व तथा एनसिसि साउदीका अध्यक्ष नारायण पासवानज्युको प्रमुख अतिथ्यमा सम्पन्न कार्यकको संचालन आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए साउदीको ३ वटै संरचनाहरू क्रमशः एनसिसि, आरसिसि तथा एलसिसिमा आवद्ध पदाधिकारीहरू, एनआरएनए कर्मिहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत नेपाली दाजुभाइ तथा दिदि बहिनहरूको उपस्थिति रहेको थियो ।17392854_1922895344596605_1889861039_n

आसन ग्रहण सँगै नेपाली राष्ट्रिय गानबाट सुरू गरिएको कार्यक्रममा आरसिसि सहकोषाध्यक्ष सन्जिव सुनारले स्वागत मन्तव्य दिनु भएको थियो भने आरसिसि पुर्वि क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठले होलि किंमदन्ति बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा समाजसेवि जोन अर्याल, होम थापा, बिवेशिल नेपाली दलका रबिन गुरूङ, नेपाली साझा मन्चका अध्यक्ष तथा एलसिसि जुबेलका सल्लाहकार रामकृष्ण घिमिरे, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रिय सदस्य तथा एलसिसि जुबेलका प्रमुख सल्लाहकार श्री यावा लिम्बु, एलसिसि अलखोबरका अध्यक्ष जिवन लुर्इँटेल, एलसिसि दम्माका अध्यक्ष लोकेन्द्र लिम्बु, आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारी, एनसिसि साउदीका पुर्व केन्द्रिय सदस्य चन्द्रप्रकाश भन्डारी लगायत एनसिसि केन्द्रिय सदस्य उमेश भट्टराइ, उपाध्यक्ष डमर यादव तथा अध्यक्ष नारायण पासवानले होलि बिशेष शुभकामना दिनु भएको थियो ।

सो अवसरमा एनआरएन पंजिकृत सदस्य गणेश के. सी.ले आफ्नो प्रतिभा प्रस्तुत गर्दै स्वागत गित सुनाउनु भएको थियो । अन्तरक्रिया कार्यक्रम अन्तर्गत एनसिसि साउदीका महासचिव तेज थापाले एनसिसि,आरसिसि तथा एलसिसि बिचको सहकार्य र प्रभावकारी समन्वयका लागि निर्भाह गर्नुपर्ने भुमिका बारेमा प्रष्टाउनु भएको थियो भने उपाध्यक्ष डमर कुमारले श्रमिक हकहित र साउदीमा बढ्दो समस्याहरूलाइ एनआरएनए साउदीले गर्ने समन्वयकारी भुमिका बारेमा जानकारी दिनु भएको थियो । त्यसैगरि एनआरएनए साउदीले उठाएका श्रमिक समस्या र यथासिघ्र सुनुवाइका लागि के कस्ता पहलहरू भएका छन् र कहाँ, कुन अवस्थामा रहेकाछन् भनि सोधिएको जिज्ञासाहरूलाइ एनसिसि साउदीका अध्यक्ष नारायण पासवानले सम्बोधनका गर्नुभएको थियो । अन्तरकृया कार्यकममा एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र लिम्बु, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, क्षेत्रिय सदस्य नरेन्द्र कार्की तथा बिवेकशिल नेपाली दलका रबिन गुरूङले समसामयिक बिषयमा जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा साउदिमा एनआरएनए अस्थाइ कार्यालय स्थापना गर्नका लागी छलफल भएको छ भने कार्यलय स्थापनाको लागि आरसिसि पुर्वी क्षेत्रले समन्वयकारी भुमिका निर्वाहा गर्ने छ । कार्यालय स्थापनाका लागि एनसिसि साउदीका अध्यक्ष नारायण पसावानले सा.रि. २००/-, उपाध्यक्ष डमर यावद सा.रि. २००/-, महासचिव तेज थापा २००/-, केन्द्रिय सदस्य उमेश भट्टराइ सा. रि. ३००/-, न्यु अन्नपुर्ण नेपाली होटेल जुबेलले सा.रि २०१/- सहयोग राशि घोषणा गर्नु भएको छ । त्यसै गरि समाजसेवि जोन आर्यालले कार्यालयका लागि आवश्यक फर्निचर लगायतका अन्य भौतिक सामाग्रि सहयोग गर्ने प्रतिबध्दता जाहेर गर्नुभएको छ भने एलसिसि जुबेलले सा. रि. ५००/- र अलखोवरले स्टेसनरि सामाग्रि उपलव्ध गराउने भएको छ । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा एलसिसि जुबेलका अध्यक्ष ओम फुयालले एनआरएनएको अभियानमा तिब्रता प्रदान गर्न संघको सबै तह र समितिलाइ अनुरोध गर्नु भएको थियो । सहयोगि मन र स्वच्छ भावना जागृत भए सगरमाथको सिखरमा पुगेको महशुस हुने बिचार राख्दै नेपालको दुर्गम जिल्ला तथा पिछडिएको बर्ग अन्तर्गत पर्ने बिध्यालयका गरिब तथा जेहन्दार बिद्ध्यार्थीको लागी एन.आर.एन.ए. स्थानिय समन्वय समिति जुबेल को तर्फ बाट रु १,००००० (एक लाख) अक्षय कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ ।