म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित)

  • १३ जेष्ठ २०७५, आईतवार
  • 3967 पटक पढिएको

सन्दीप खत्री
म्याग्दीका एक जना विद्यार्थीले काठको डोजर बनाएर इच्छा शक्ति भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा कक्षा १० मा पढ्दै गरेका प्रेमकुमार पाण्डेले काठको डोजर हुन् । पाण्डेले माध्यामिक शिक्षा परिक्षा (एसइइं)को तयारीमा छन् । यद्यपी फुर्सदको समयलाई सदुपयोग गरी घरायसी काठ र सुई (इन्जेक्सन)को प्रयोग गरी पढाईमा समेत अब्बल रहेका पाण्डेले डोजर बनाएर आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।
भिडियो

विद्यालयकी शिक्षिका बालकुमारी क्षेत्रीले पाण्डेको पहिलो प्रयास भएपनि उनले राम्रो गरेको बताइन । पाण्डेले ८ वटा सुईमा पानी प्रयोग गरी डोजर चलाएका छन् । विद्यालयकी शिक्षिका बालकुमारी क्षेत्रीले उक्त भिडियो सामाजिक सञ्जालमा राखेपछि सबैको ध्यान तान्न सफल भएको छ । शिक्षिका क्षेत्रीका अनुसार पाण्डेले काठको मात्र नभएर हाम्रो गाउँघरमा विकास निर्माणका लागि प्रयोग हुँदै आएका डोजरहरु बनाउने लक्ष्य लिएको बताइन । अवसर प्राप्त गर्न सकेमा पाण्डेले जस्तौ सुकै काम पनि गर्न सक्ने बताए ।