प्रकास माविमा शौक्षिक अन्तरक्रिया

  • १० जेष्ठ २०७५, बिहीबार
  • 1667 पटक पढिएको

सन्दिप शर्मा/म्याग्दी ।बेनी नगरपालिका म्याग्दीको आयोजनामा बिहीबार बेनपा ७ बेनीबजारमा रहेको प्रकास माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रकास मावि स्रोत केन्द्र अन्तर्गतका १६ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ राज्यले सरकारी विद्यालयमा लगानि गरेको भए पनि त्यसको प्रभाव नदेखिएको बताउँदै लगानि गरे अनुसार शिक्षाा लाई बलियो बनाउनु पर्ने बताउनु भयो । नगरपलिका भित्र रहेका सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक कार्ययोजना बनाउन लागेको बताउँदै अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

नगरपालिका प्रमुख लोकनाथ भुसालले विद्यालयलाई गुणस्तरीय बनाउनका लागि, विद्यालयका प्रअ, शिक्षक, विव्यस, अभिभावक र सरोकारवाला सबैको सहयोग चाहिने बताउनु भयो । उहाँले नगरपालिका भित्रका विद्यालयमा दरबन्दी मिलानका समस्या छिट्टै समाधान गरिने बताउनु भयो । छलफलमा विद्यालय संञ्चालन गर्ने प्रक्रिया, विद्यालय, शिक्षक, विद्यार्थि व्यवस्थापन लगाएतको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागि हरुले शिकाईलाई व्यवहारीक तथा व्यवसायिक बनाउनका लागि नगरपालिकाले छुट्टै योजना ल्याउनु पर्ने बताएका थिय ।

कार्यक्रममा बेनपाका प्रवक्ता राकृष्ण बराईली, विद्यालय निरिक्षक विश्वप्रकास रेग्मी, वडा नंम्बर ९ का अध्यक्ष वेलबहादुर चोखाल, प्रकास माविका विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वेनपा ७ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत, प्रकास मावि स्रोत केन्द्रका स्रोत ब्यक्ती मोहन बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा धौवलागिरी मावि सिंगाका स्रोतव्यक्ती केशवप्रकास रेग्मीले प्रकास पार्नु भएको थियो ।