मल्लाजमा ‘छक्का पञ्जा ३’ को छायांकन

  • १० जेष्ठ २०७५, बिहीबार
  • 3208 पटक पढिएको

म्याग्दी, १० वैशाख । आगामी दशेँको फुलपातीबाट देशभर प्रदर्शनमा ल्याउने लक्ष्य सहित निर्माण सुरु गरिएको फिल्म ‘छक्का पञ्जा ३’ को मल्लाजमा छायांकन गरिएको छ । जलजला गाउँपालिका–३ मल्लाजमा रहेका ऐतिहाँसिक मल्लाज दरबारमा एक सातासम्म उक्त फिल्मको छायांकन गरिएको छ ।

देशका विभिन्न ठाउँमा छायांकन गरिने उक्त फिल्ममा मल्लाज क्षेत्रलाई समेत समेटेर फिल्म छायांकन गरिएको हो । तेस्रो पटक दीपाश्री निरौलाको निर्देशनमा छायांकन भैरहेको यस फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । ‘छक्का पञ्जा ३’ मा नायीका दीपिका प्रसाँइ, अभिनेता पुष्प खड्का र बरिष्ठ कलाकार नीर शाहको पनि ईन्ट्री भएको छ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पञ्जा’ को तेस्रो सृङ्खलाको यस फिल्मको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ । नेपाली सीने जगतमा निकै सफलता हात पारेको छक्का पञ्जा १ र २ को टिमबाट निर्माण हुन लागेको तेस्रो चरणको फिल्म मल्लाजमा छायांकन हुनुले यस क्षेत्रको प्रचार प्रसारमा सघाउ पु¥याउने स्थानीयबासीले अपेक्षा गरेका छन् ।

यस फिल्मको कथा दीपकराजको तथा संवादमा जितु, केदार र यमन श्रेष्ठले सहकार्य गरेका छन् भने छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।