धौवलागीरी माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न

  • ९ जेष्ठ २०७५, बुधबार
  • 1701 पटक पढिएको

सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले नगरपलिका भित्र रहेका सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न तथा बेनी नगरपालिका भित्र शैक्षिक कार्ययोजना बनाउन लागेको बताउँदै अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । उहाँले विकासको मुल आधार नै शिक्षा भएको बताउँदै सरकारी विद्यालयको विकास गर्नु पर्ने र विद्यालयलाई गुणस्तरीय बनाउनका लागि, विद्यालयका प्रअ, शिक्षक, विव्यस, अभिभावक र सरोकारवाला सबैको सहयोग चाहिने र गुणस्तरीय शिक्षा बनाउनका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।


नगरपालिका प्रमुख लोकनाथ भुसालले विद्यालयमा दरबन्दी मिलानका समस्या आएको बताउँदै छिट्टै समस्यको समाधान गरिने र नगरपालिकाले शिक्षालाई व्यवहारीक शिक्षा बनाउनका लागि रचनात्मक कार्यक्रमहरु ल्याउन तयारी गरेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समवन्य इकाई प्रमुख रामकुमार श्रेष्ठले राज्यले शिक्षामा लगानि गरेको भए पनि त्यसको प्रभाव नदेखिएको बताउँदै राज्यले लगानि गरे अनुसार शिक्षाा लाई बलियो बनाउनु पर्ने बताउनु भयो ।

छलफल कार्यक्रममा बोल्दै बेनपा ६ जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गानाले शिक्षालाई ब्यवहारीक बनाउनु पर्ने, निजि विद्यालय र सरकारी विद्यालयमा भएको हेराईको दृष्टीकोण परिवर्तन गरीनु पर्ने, नगरपालिकाले विद्यालय सञ्चालन गर्दा आउने समस्या तथा गुणस्तरीय शिक्षा कसरी दिने भन्नेबारेमा गहन रुपमा अध्ययन तथा अनुसन्धान गर्न पर्ने सुझाव दिनु भएको छ ।

जनकल्याण माविका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद पौडेलले विद्यालयमा विद्यार्थिका लागि आवश्यक पर्ने शैक्षीक सामाग्री तथा पाठ्यपुस्तक हरुमा पुस्तक ब्यवसायिले सिन्डीकेट लगाएको बताउँदै । त्यसको तुरुन्त अन्त्य गर्नका लागि नगरपालिका लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा सहभागी हरुले विद्यालयमा अझै पनि कालोपार्टीमा पाढाउनु पर्ने बाध्यता रहेको बताउँदै शैक्षिक विकास गुणस्तर सँगै भौतिक पुर्वधार हरुको पनि विकास गरीनु पर्ने बताएका छन् ।

कार्यक्रममा बेनपा ५ का अध्यक्ष लक्षुमण बानियाँ, ५ का अध्यक्ष कृष्णबहादुर बानियाँ, धौवलागीरी माविका विव्यस अध्यक्ष, अणबहादुर खड्का ( भग्वान ), लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वेनपा ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको स्वागत , धौवालगिरी मावि स्रोत केन्द्रका स्रोत ब्यक्ती केशव प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रकाश मावि बेनीका स्रोतव्यक्ती मोहन बानियाँले प्रकास पार्नु भएको थियो ।