दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन

  • ९ जेष्ठ २०७५, बुधबार
  • 2239 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो ।


आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी पाईजाको पहलमा पोखरामा दुईलाख ४६० रुपैयाँ आर्थिक सङ्कलन गरेको गोरेटो बाटो निर्माण समितिका सदस्य धनबहादुर पूर्जाले बताए । उनका अनुसार दोसल्ले गाउँको बिचमा ढुङ्गा छपाउने र सिँढी बनाएर गोरेटो बाटो निर्माण गरिने भएको छ ।


यसअघि आमा समूहसँग पुरानो रकम नगद तीनलाख ८२ हजार ३१५ रहेकोमा सङ्कलित रकमसहित कुल पाँचलाख ८२ हजार ७७५ रुपैयाँ जम्मा गरिएको छ । गोरेटो बाटो निर्माण गर्न अझै थप रकमको आवश्यकता रहेको हुँदा अन्यत्र पनि आर्थिक सङ्कलन गरिने आमा समूहले जनाएको छ ।

गोरेटो बाटो निर्माण भएपछि नागी, राम्चे, काफलडाँडा, रिम, औल र दोसल्लेका स्थानीय वासिन्दालाई सहज हुने देखिएको छ । उक्त बाटो निर्माणमा अझै चारपाँच लाख रुपैयाँ रकम आवश्यक पर्ने निर्माण समिति सदस्य पूर्जाले बताए । जिल्लाको विभिन्न स्थानमा स्थानीय आमा समूहले विकास निर्माणको का