गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्दै जिल्लाबासीलाई सुरक्षा अनुभुति दिलाउछु : प्रनाउ बुढामगर (भिडियाेसहित)

  • ८ जेष्ठ २०७५, मंगलवार
  • 1787 पटक पढिएको

 

म्याग्दी, ८ जेठ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन्। नवआगन्तुक प्रनाउ बुढामगरले मगंलबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायत्मक कार्यक्रममा बौल्दै जिल्लाको शान्ती सुरक्षालाई मजबुद राख्दै अवैध र गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख कार्यभार रहेको बताएका हुन् ।

समाजमा हुने अवराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीसंगै आम नागरिक समेत सचेत रहनुपर्ने बताउदै पत्रकार र प्रहरीविचतको सूचना आदानप्रदान मित्रबद रहनेमा आफु विश्वस्त रहेको बताए । आमनागरिकमा प्रहरीप्रशासनप्रति रहेको नकारात्मक धारणलाई चिर्दै जनतासंग नजिक भएर सेवाप्रवाहलाई प्रभावकारी गराउन समुदायस्तरमा विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रनाउ बुढामगरले संघिय संरचनाअनुसार स्थानीय तहमा सुरक्षा ब्यवस्था लागि जनशक्ति थप विस्तारका लागि पहल गर्ने बताएका छन् ।

कार्यक्रममा उपस्थित पत्रकारले जिल्लामा युवा पूस्तामा बढ्दै गएको लागु औषध दुव्र्यसनी, अवैध गतिविधि र दुर्गम ग्रामिण भेगमा प्रहरी कार्यालय राख्न सुझाव दिएका थिए ।