अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाईः अध्यक्षमा कर्माचार्य

  • ८ जेष्ठ २०७५, मंगलवार
  • धिरन खत्री
  • 2355 पटक पढिएको

पोखरेबगर ७ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको छ । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी ब्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको अध्यक्षतामा सुनिता बरुवाल गिरी महासचिव र केशर हिराचन कोषाध्यक्ष रहेको ईकाईको तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा आत्म तुलाचन, जुद्धनारायण गौचन, राजाराम बरुवाल र बिनाकुमारी ज्वारचन रहेका छन् ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले विकासका लागि सबैले राज्यलाई कर तिरेर सहयोग गर्नुपर्ने बताउनुभयो । पालिका क्षेत्रका उद्योगी ब्यवसायीलाई करको दायरामा आउन अध्यक्ष पुनले आग्रह गर्दै नवनिर्वाचित पहिलो इर्काइ कमिटिको साथ रहनुपर्ने बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष केशमाया मगरको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यपालीका सदस्य आत्मा तुलाचन, २ नम्बर वडाका सदस्य बुद्धी पुन, संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, दितृय उपाध्यक्ष राजेश शाक्यले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।उपस्थित ब्यवसायिले राखेको कर नीति सम्वन्धी गुनासोको जवाफ म्याग्दी उद्योग वािण्ज्य संघका अध्यक्ष कर्माचार्यले दिएका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता, सचिव सुवर्ण रिजालको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको कार्यक्रममा बैशाख ३० गतेको बाढीबाट पूर्ण क्षत्ती ब्यहोरेका भुरुङ तातोपानीका दुई जना ब्यवसायीलाई दश, दश हजार र अन्यका लागि गाउँपालिकाले स्थापना गरको कोषमा एकमुष्ट चालीस हजार रुपैया उपलब्ध गराइएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l