गलेश्वरमा योगदर्शन सम्बन्धि ५ दिने मन्थन सुरु

  • ७ जेष्ठ २०७५, सोमबार
  • 2383 पटक पढिएको

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आधुनिक युगमा अध्यात्म, महर्षि पतञ्जलीकृत योगदर्शन सम्बन्धि ५ दिने मन्थन गोष्ठी सुरु भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको सह–आयोजना र नविन आनन्द योग केन्द्र र शाखा समिति गलेश्वरको आयाेजनामा भएको उक्त कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ अधिकारीले नियमित योग अभ्यासले मानिसलाई शारिरीक र मानसिक रुपमा समेत स्वस्थ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा योग अभ्यास संगै प्रवचन समेत दिन सुरु गरिएको छ । उक्त शिविरमा सन्त शुभ साहेवले प्रवचन र योग प्रशिक्षक शिवराज घिमिरेले योग अभ्यास गराउनुभएको छ ।

गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष रुद्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सचिब बाधव प्रसाद रेग्मी, पण्डित भिमनाथ पराजुली लगायतले मन्तव्य राख्नुभएको थियो । योग केन्द्र शाखा समितिका अध्यष बालकुमार लामीछानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिब निसा महतले गर्नुभएको थियो ।