नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया सम्पन्न

  • ७ जेष्ठ २०७५, सोमबार
  • 2101 पटक पढिएको

सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा सोमबार वडा नंम्वर २ भकुन्डेमा रहेको अर्जुन मावि स्रोत केन्द्रमा नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बेनी नगरपालिकाको उपप्रमुख सञ्जु बरुवालले नगरपालिका भित्र भएका सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको र कार्यक्रममा आएका सुझाव अनुसार विद्यालयमा नगरपालिकाले लगानि गर्ने बताउनु भयो ।


अजुर्न मावि स्रोतकेन्द्र मातहत रहेका विभिन्न १९ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिहरुको उपस्थिती रहेको सो कार्यक्रममा उपल्लाचौर आधारभुत विद्यालयको प्रअ धनकुमारी थापाले केही विद्यालयमा आवस्यक भन्दा बढी शिक्षकको दरवन्धी भएको तथा उहाँले अध्यापन गराई रहेको विद्यालयमा १ जना आफु मात्रै दरवन्धी भएको बताउँदै विद्यालय संञ्चालन गर्न गाह्रो भएको बताउदै नगरपालिकाले तुरुन्त दरवन्धी मिलान गर्नु पर्ने माग राख्नु भयो ।


सोही कार्यक्रममा बोल्दै वडा नंम्वर ३ का वडा सदस्य तथा जयन्ति मावि भकिम्लीका शिक्षक अभिभावक संघका अध्यक्ष रत्नबहादुर जिसीले विद्यालयमा भौतिक पुर्वधारहरुको विकास नहुनु तथा जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरुले सरकारी विद्यालयमा भर्ना गर्नु पर्ने अभियानमा हिडे पनि उनिहरु नै आफैले आफ्नो बालबच्चा निजि विद्यालयमा पढाएको भन्दै सरोकारवाला निकायहरुले पनि बालबच्चा लाई सरकारी विद्यालयमा पढाउनु पर्ने माग राख्नु भएको थिए । उहाँले जिल्लामा नगरपालिका भित्र रहेका विद्यालयहरुमा छड्के चेक जाँच गर्नु पर्ने र कार्वाही तथा पुरस्कारको ब्यवस्था गरीनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लोकनाथ भुसालले नगरपालिका भित्र रहेका सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि नगरपालिकाले रचनात्मक कार्यक्रमाहरु ल्याउन लागेको बताउनुभयो । उहाँले शिक्षकको दरवन्धीको विषयमा छिट्टै सम्बन्धित निकाय संग छलफल गरी समस्या समाधान गरीने बताउनु भयो ।सोही कार्यक्रमा बोल्दै जिल्ला शिक्षा विकास समवन्य ईकाईका प्रमुख रामकुमार श्रेष्ठले जनप्रतिनिधी, शिक्षक, अभिभावक सबै मिलेर सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि अगाडि बढ्नु पर्ने बताउनु भयो । गाँउ, नगर तथा देशको विकासका लागि ब्यवहारी शिक्षा आवस्यक भएको बताउँदै शिक्षामा पनि प्रविधिक तथा ब्यवहारी शिक्षा दिनु पर्ने बताउनु भयो । उहाँले शिक्षक दरवन्धीका समस्यका विषयमा नगरपालिका तथा जनप्रतिनिधी र विद्यालय सबै संग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

अर्जुन माविका स्रोत ब्यक्ती दुर्गाराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा नंम्बर २ का वडा अध्यक्ष तथा अर्जुन माविका विब्यस अध्यक्ष हिराबहादुर थापाले स्वागत गर्नु भएको थियो । संम्युक्त प्रअको तर्फ देखि मन्तब्य राख्दै कार्यक्रम माथि अर्जुन माविकाका प्रअ शिवशहादुर खत्रिले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहजिकरण, उपप्रमुख बरुवाल, प्रसासकिय अधिकृत भुसाल, जिल्ला शिक्षा विकास समन्वय ईकाईका प्रमुख श्रेष्ठ, प्रकास मावि स्रोत ब्यक्ती मोहन बानियाँ, धौवालागिरी मावि सिंगाका स्रोत ब्यक्ती केशवप्रसाद रेग्मी र अर्जुन माविका स्रोत ब्यक्ती दुर्गाराम सुवेधी लागाएतले गर्नु भएको थियो ।