मुश्लिम समुदायद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • ७ जेष्ठ २०७५, सोमबार
  • 1543 पटक पढिएको

म्याग्दी, ७ जेठ । म्याग्दीका मुश्लिम समुदायले विभिन्न ६ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मुश्लिम समुदायले आफ्ना पर्वहरु इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, वर्तमान सरकारमा मुश्लिम समुदायलाई समावेश नगरेको जस्ता विषय समेट्दै ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल मुश्लिम संघका केन्द्रीय सदस्य अञ्जित खाँनको नेतृत्वमा पुगेको मुश्लिम संघ म्याग्दीका पदाधिकारीहरुले आफ्ना मागहरु प्रति सरकार गम्भिर हुनुपर्ने बताएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले संविधानलाई सबैलाई समान हैसियत दिईएको भन्दै समुदायले उठाएका विषयमा सम्बन्धित स्थानमा पु¥याईने बताए ।

‘तपाँईहरुको माग आजै प्रधानमन्त्री कार्यालयमा पुग्छ’, प्रजिअ पौडेलले भने । केन्द्रीय सदस्य खाँनले केन्द्रीय समितिको वैशाख ३१ गतेको निर्णय बमोजिम ज्ञापनपत्र बुझाईएको बताए । उक्त ज्ञापनपत्र जिल्लास्थित राजनीतिक दलहरुलाई पनि प्रदान गरिने उनले जानकारी दिए ।