म्याग्दीमा एकहप्ते सहकारी शिविर सुरु

  • ४ चैत्र २०७३, शुक्रबार
  • 2141 पटक पढिएको

म्याग्दी,४ चैत । डिभिजन सहकारी कार्यालय बागलुङकोे आयोजनामा विहिबारदेखि म्याग्दीमा  एकहप्ते सहकारी शिविर सुरु भएको छ ।

shakari
डिभिजन सहकारी कार्यालय नभएको जिल्लामा  संचालनमा  भएका सहकारी तथा संघसस्थाको काम सेवाप्रवाह प्रभावकारी पु¥याउने उद्देश्यले म्याग्दीमा चैत ३ गते देखि १० गतेसम्म एकहप्ते सहकारी शिविर निशुल्क रुपमा संचालन गरिएको डिभिजन सहकारी कार्यालय बाग्लुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।
म्याग्दी  जिल्ला स्थित  रहेका सहकारीलार्ई प्रभावकारी रुपमा संचालन गर्ने, नयाँ सहकारी दर्ता, नविकरण, विनिमय शंसोधन, लेखापरिक्षण, स्वीकृति, एकिकरण विभाजन, अवलोकन तथा निरिक्षण कार्य एकहप्तासम्म निशुल्क रुपमा राखिएको हुदा उक्त सुविधाको सदुपयोग गर्न  सहकारी अधिकृत शर्माले सहकारीलाई आग्रह गर्नुभएको छ ।
उक्त शिविर सदरमुकाम बेनी गणेशटोलमा रहेको  जिल्ला सहकारी संघ म्याग्दीको कार्यालयबाट सेवाप्रवाह गरिएको छ ।