ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

  • ६ जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 3677 पटक पढिएको


म्याग्दी ६ जेठ  मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय शुशिल भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाईते मंगला गाउँपालिका २ भाईवाङकी अस्मिता नेपाली र सुस्मीता नेपालीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । ट्याक्टरका चालक फरार भएको र दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

सन्तोष गौतम