ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  • ६ जेष्ठ २०७५, आईतवार
  • 2799 पटक पढिएको


म्याग्दी ६ जेठ । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय शुशिल भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।