माओवादी केन्द्रको मालीका गाउँपालीका सम्मेलन

  • ४ चैत्र २०७३, शुक्रबार
  • 2087 पटक पढिएको

म्याग्दी,४ चैत । नेकपा माओवादी केन्द्रको मालीका गाउँपालीकाको सम्मेलन बिहीबार दरवाङमा सम्पन्न भएको छ ।
सम्मेलनले कमल केसीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालीका कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा थिरदेवी पुन, सचिवमा गोविन थापामगर र कोषाध्यक्षमा डमप्रकाश बस्याल रहनुभएको छ ।
सदस्यहरुमा भिमप्रकाश मल्ल, हिरा पुन, रेशम पुन, हर्कमान जुक्जाली, नरबहादुर बिक, लालमाया पाईजा, दोरण शेरचन, लकप्रसाद श्रिपाली लगायत रहनुभएको छ । भेलाले दोरण शेरचनको अध्यक्षतामा २७ सदस्यीय वाईसीएलको गाउँ कमिटि गठन गरेको छ । माओवादी केन्द्रको मालीका गाउँपालीका सम्मेलन
म्याग्दी,४ चैत । नेकपा माओवादी केन्द्रको मालीका गाउँपालीकाको सम्मेलन बिहीबार दरवाङमा सम्पन्न भएको छ ।
सम्मेलनले कमल केसीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालीका कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा थिरदेवी पुन, सचिवमा गोविन थापामगर र कोषाध्यक्षमा डमप्रकाश बस्याल रहनुभएको छ ।
सदस्यहरुमा भिमप्रकाश मल्ल, हिरा पुन, रेशम पुन, हर्कमान जुक्जाली, नरबहादुर बिक, लालमाया पाईजा, दोरण शेरचन, लकप्रसाद श्रिपाली लगायत रहनुभएको छ । भेलाले दोरण शेरचनको अध्यक्षतामा २७ सदस्यीय वाईसीएलको गाउँ कमिटि गठन गरेको छ ।

सम्मेलनमा मन्तब्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले सिहंदरबारको अधिकार गाउँमा आउनु माओवादीले जनयुद्धमा उठाएको महत्वपूर्ण एजेण्डाको उपलब्धी भएकाले यसको संस्थागत र कार्यान्वयनका लागि आगामी निर्वाचनमा माओवादीलाई जिताउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य शेरबहादुर केसी र मंगला गाउँकमीटिका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकीले माओवादी नेतृत्वको वर्तमान सरकारले म्याग्दीको विकासका लागि बजेट भित्र्याउन योगदान गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि वातावरण बनाउन आग्रह गर्नुभयो ।
कमल केसीको अध्यक्षता, किरन थापाको सञ्चालन र डमप्रकाश बस्यालको स्वागत मन्तब्यमा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा दरवाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थान र बिमका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।