म्याग्दी सुनचाँदी व्यवसायी संघमा बराईली

  • ६ जेष्ठ २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 2979 पटक पढिएको

म्याग्दी, ५ जेठ । म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा चन्द्रप्रकाश बराईली चयन भएका छन् । संघको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले बराईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा दिपेन्द्रकुमार विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा अमृत बानियाँ, उपाध्यक्षमा नारायणकुमार बराल, महासचिवमा कमल विश्वकर्मा, कोषाध्यक्षमा भीमसेन बराईली, सचिवमा बालकुमार लामिछाने र सहकोषाध्यक्षमा दिनेशकुमार बराल चयन भएका छन् । यसैगरी संघको कार्यसमिति सदस्यहरुमा जितबहादुर विक, नारायण विश्वकर्मा, रामजी विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा, प्रेम सेन्चुरी, भुवनसिंह विश्वकर्मा, शैलेन अधिकारी, शंकर बराईली, प्रमानन्द विश्वकर्मा र पदेन सदस्यमा जानकी विश्वकर्मा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामकृष्ण बराईलीले सुनचाँदी व्यवसायमा चुनौती रहेपनि यसले राष्ट्रिय अर्थतन्त्रमा विशेष भूमिका खेलेको बताएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्माले जुनसुकै पेशा व्यवसायमा पनि समस्या र चुनौती रहेको भन्दै सुनचाँदी पेशा फरक रहेको बताए ।

म्याग्दी सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष दिपेन्द्रकुमार विश्वकर्माको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अमृत बानियाँको स्वागत र महासचिव नारायणकुमार बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहका अध्यक्ष जानकी विश्वकर्माले मन्तव्य राखेकी थिइन् ।

प्रताप बानियाँ