मुनामा आधारभुत पत्रकारीता तालीम सुरु

  • ५ जेष्ठ २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2551 पटक पढिएको


मुना, ४ जेठ । धौलागिरी गाउँपालिका ३ मुनामा शुक्रबारदेखि आधारभुत पत्रकारीता तालीम सुरु भएको छ ।  धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको छ ।

पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका गतिबिधी, विकास निर्माणलाई सञ्चार माध्यमको पहुँचमा ल्याउने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
तालीमको उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष थमसरा पुनले विकास र समाज रुपान्तरणका लागि समुदाय, जनप्रतिनिधी र राज्यका निकायमा पुलको काम गर्न सञ्चार माध्यमको सक्रिय भुमिका आवश्यक रहेको बताउनुभयो ।

विश्वसनीय, जिम्मेवार, उत्तरदायी, ग्रामिण र विकास पत्रकारीताको आवश्यक रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भौगोलिक बिकटता, दरबन्दि अनुसारका जनशक्तिको अभावका बिच चालु आर्थिक वर्षका बजेट, निती तथा कार्यक्रम कार्यान्वयनको अवस्था उत्साहजनक रुपमा अघि बढेको बताउनुभयो ।

स्थानीय तह कार्यान्वयन भएपछि जनताको प्रशासनीक र जनप्रतिनिधिसमक्ष सहज पहुँच स्थापित भएको बताउनुभयो । कार्यपालीकाका प्रवत्ता तथा वडा न. १ का अध्यक्ष झकबहादुर छन्त्यालले सकारात्मक कामलाई बढावा तथा नकारात्मक गतिबिधिलाई खबरदारी गरी समाजलाई सही दिशमा अघि बढाउन पत्रकारीताको महत्वपूण भुमिका हुने बताउनुभयो ।

पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले पारदर्शीता, शुसासन र दिगो विकासका लागि ग्रामिण तहसम्म पत्रकारीताको पहुँच स्थापीत गरी स्थानीय तहसम्म महासंघको संरचना तयार पार्ने योजना रहेको बताउनुभयो ।

महासंघका शाखा अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, उपाध्यक्ष ठाकुर आचार्यको स्वागत र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा तालीम उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम