दोवाबासीको सहयोगमा कैलास माविमा ६४ लाखकाे अक्षय कोष स्थापना

  • ३ जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 3173 पटक पढिएको

 


म्याग्दी, ३ जेठ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका १ दोवामा रहेको कैलाश माविमा ६४ लाख ११ हजार २९८ रुपैयाँको अक्षकोष स्थापना गरिएको छ । विदेश तथा तथा स्वदेशमा रहेका दोवाबासी दाजुभाई तथा भुतपुर्व विद्यार्थीको सहयोगमा सो अक्षय कोष स्थापना गरिएको हो ।विद्यालयमा सो अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट निजि शिक्षकलाई तलव, स्कुलमा जडान गरिएको वाईफाईको शुल्क लगायतको क्षेत्रमा प्रयोग गरिने विद्यालयका प्रअ बहादुर शिरबहादुर गर्बुजाले जानकारी दिएका छन् । सो अक्षयकोष निर्माणमा १० हजार भन्दा बढी रकम सहयोग गर्ने चन्द्रदाताको नाम ताम्रापत्रमा उल्लेख गरिएको छ । विद्यालयको आयोजनामा भएको कार्यक्रममा सो ताम्रापत्रको अनावरण विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलराम पुन र प्रअ सिर बहादुर गुर्वजाबाट भएको विद्यालयका शिक्षक रेगुन खत्रीले जानकारी दिए ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पुनको अध्यक्षतामा भएको ताम्रापत्र अनावरण तथा बार्षिक परिक्षा २०७४ काृ पुरुष्कार र छात्रवृति वितरण कार्यक्रमममा क्याप्टेन विर्खबहादुदर गर्वुजाको प्रमुख आतिथ्यता भएको थियो । सो कार्यक्रममा विद्यालय अध्ययनरत कक्षा १ देखि १० सम्मका उतकृष्ट अंक प्राप्त गरि प्रथम, दिप्तृय र तृतिय हुने विद्याथीलाई पुरुष्कार वितरण गरिएको थियो । भने विद्यालयमा अध्ययरत अनशासित, जेहन्दार तथा गरिव विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।

ताम्रापत्र अनावरण तथा पुरुष्कार वितरण कार्यक्रममा आमा समुहकी अध्यक्ष सनकुमारी राई, वडा सदस्य कुलप्रसाद पुर्जा, अभिभावक तर्फबाट, लक्षमण पुर्जा, युवाको तर्फबाट इच्छा गर्वुजा, विद्यालय ब्यवस्थापन समितिका सदस्य सुमित्रा गर्वुजा, समाजसेवी भविन्द्र गुर्वजा, लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो पुरुष्कार वितरण तथा अभिभावक भेलामा विद्यालयका शिक्षक रेगुन खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक भुपेन्द्र सापकोटा र दिपकप्रसाद सापकोटाले गरेका थिए । विद्यालयको गतिविधि समिक्षा तथा अन्तक्रियामा स्थानीयबासी तथा अभिभावकले राखेको गुनासोको जवाफ प्रअ गर्वुजाले दिएका थिए् । सो अवसरमा विद्यालयका विद्याथीहरुले सास्कृतिक प्रस्तुतसमेत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l