प्रिवार नियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ३ जेष्ठ २०७५, बिहीबार
  • 1500 पटक पढिएको

म्याग्दी ,३ जेठ । म्याग्दीको वेनीमा परिवार नियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स,सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सदैव सचेत रहनुपर्नेमा जोड जोडदिनुभयो ।

संयोजक केसीले सिफो टु ले म्याग्दीमा चलाएको अभियान निक्कै प्रभावकारी भएको वताउदै गाँउ गाँउ पुगेर परिवार नियोजन सेवा प्रदान गर्ने कार्य निक्कै सह्रानिय रहेको वताउनु भयो ।

कार्यक्रममा वेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले सिफो टुको अभियानलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले सिफोको अवधी सकिए पछि पनि नगरपालिकाले परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना वनाउने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नगर उप प्रमुख सञ्जु वरुवाल, नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत लोकनाथ भुषाल, जिल्ला अस्पताल समितिका अध्यक्ष माधव रेग्मी,नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष रामकृष्ण वराईली,पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायतले सिफो टु र यसले गर्दै आईरहेको कार्यक्रमलाई अझै प्रभावकारी वनाउनको लागि सुझाव दिएका थिए ।

कार्यक्रममा सिफो टु म्याग्दीका प्रवन्धक कल्पना गुरुङले संस्थाले गर्दै आईरहेको विभिन्न गतिविधिका वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन सिफोटुका व्यवहार परिवर्तन तथा सञ्चार संयोजक राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु ,स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।