जिल्लाका सरकारी कार्यालयमा विहिबार ९१ जना कर्मचारी अनुपस्थित

  • ३ जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 2885 पटक पढिएको


बेनी,३ जेठ । जिल्लामा रहेका १३ ओटा सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ९१ जना कर्मचारी अनुउपस्थित रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाकार पोखरेलको नेतृत्वमा भएको छड्के अनुगमनमा ९१ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।

टोलीले जिल्ला हुलाक कार्यालय, सिचाई सव– डिभिजन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, नेपाल विधुत प्राधिकरण जिल्ला शाखा कार्यालय, जिल्ला मालपोत कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला कृषि कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुवेर्द कार्यालय, जिल्ला नापी कार्यालय गरि १३ कार्यालयमा अनुगमन गरेको थियो ।

१३ कार्यालयमा छड्के अनगुमनमा अधिकृतस्तरका १२ जना, खरिदारस्तरका ५७ जना, कार्यालय सहयोगी २२ जना उपस्थित नभएको भेटिएका छन् । सबैभन्दा बढी जिल्ला स्वास्थ्य कार्यालयमा अधिकृतस्तरका ७ जना खरिदारका ३४ जना र कार्यालय सहयोगी ११ जना उपस्थित नभएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेलले जानकारी दिए ।

छड्के अनुगमनमा जिल्ला आयुर्वेद कार्यालय र जिल्ला नापी कार्यालयमा सबै कर्मचारी उपस्थित भएको भेटिएको छन् । छड्के अनुगमन गर्दा ठुलो संख्याको कर्मचारी अनुपस्थित हुदाँ कार्यालयमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेको भन्दै कर्मचारीलाई निजामति सेवाको एन, नियम अनुसार कारबाही गर्नका लागि सम्वन्धित क्षेत्रमा कारबाही पत्र पठाईने पोखरेलले जानकारी दिए । सो अनगुमन टोलीमा नासु रामचन्द्र गौतम र रुद्रप्रसाद श्रेष्ठ लगायतको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l