बेनीमा बजार अनुगमन

  • २ जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2460 पटक पढिएको

बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो ।

गुणस्तर र नापतौलका औजारलाई केन्द्रित गरेर अनुगमन गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो । सुनचाँदी ब्यवसायीले नापतौलको औजारको नविकरण नगरेको तथा तोकिएको भन्दा केही कम तौल भएको भेटिएको उहाँले बताउनुभयो । यसैगरी खाद्यान्न पसलमा बिक्रीका लागि राखिएका म्याद नाघेका बस्तुहरु जफत गरिएको छ ।

सन्तोष गौतम