मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)

  • २ जेष्ठ २०७५, बुधबार
  • 3309 पटक पढिएको

म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को सफलता हाँसिल गरिरहेकी छन् ।

गाँगेतिक क्षेत्रमा चिर परिचित गायीका एन्जिलाले आफ्नो अर्को एल्बम सार्वजनिक गरेकी छन् । ‘एन्जिला’ नामक एल्बम उनले सार्वजनिक गरेकी हुन् । यस एल्बममा ७ वटा गीत समावेश छन् । जसमा सोहन मानन्धर, कल्यान सिंह, राजेश श्रेष्ठ, प्रतिक थापा, बिक्रम थापा, धुर्व थापा, अरुण तिवारी, निर्माण योन्जन, आचार्य प्रभा, प्रमोद शेरचन र उषा शेरचनको शब्द तथा संगीत रहेको छ ।

गीतहरु क्लब, सेन्टिमेन्टल, फ्युजन, लोकपप, आधुनिक, पप सबै मिक्स रहेका एन्जिलाले बताइन् । साहित्यकार उषा शेरचन, लोकप्रिय गायिका कुन्ति मोक्तान र मिडियाक्रमी सहेन्द्र श्रेष्ठको आथित्यमा एन्जिलाले आफ्नो एल्बम एन्जिला विमोचन गरेकी हुन् । एल्बममा समावेश सात गीत मध्ये ‘त्यो पहिलो नजर..’ बोलको गीतको म्युजिक भिडियो पनि एल्बम विमोचनसँगै सार्वजनिक भएको छ । भिडियोमा आँचल शर्मा र पासाङ योन्जन लामाको मुख्य अभिनय छ । पासाङ योन्जन लामाको निर्देशनमा बनेको भिडियोमा सागर लोप्चनको कोरियोग्राफी गरेका छन् भने प्रबिण श्रेष्ठले सम्पादन गरेका हुन् ।

गीतसंगितसँगै समाजसेवामा पनि सक्रिय रहेकी एन्जिलाले २०६१ सालमा एन्जिलाले आफ्नो पहिलो सांगीतिक एल्बम सार्वजनिक गरेकी थिइन् । उनको ‘थाहा पाएँ तिम्रो बानी ..’ बोलको गीत निकै चर्चित हुन पुग्यो । उक्त गीतमा गायक अभिनास घिसिङले फिचरिङ गरेका छन् । एन्जिलाका अन्य गीत पनि चर्चित नै भए । त्यसपछि उनी सांगीतिक क्षेत्रमा आफूलाई झनै निखार्ने उदेश्यमा लागिन् । २०७४ सालमा उनले थकाली भाषाको गीत समावेश गरी थासाङ ल्हुम्बु नामक एल्बम समेत निकालिसकेकी छिन् ।