वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण

  • १ जेष्ठ २०७५, मंगलवार
  • 2649 पटक पढिएको

बेनी १ जेठ । रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ४ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कटुवालले गाउँपालिकाले पारिश्रमीक वापत उपलब्ध गराउने एक महिनाको तलब १८ हजार रुपैया बालीका र उनको आमाको नाममा खाता खोलेर दश कक्षा उतिर्ण गरेपछि उच्च शिक्षाका लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

रघुगंगा गाउँकार्यपालिकाको गत महिना बसेको बैठकले सबै जनप्रतिनिधिले कम्तीमा एक जना गरिब विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराउने निर्णय गरेको थियो ।