कालीगण्डकीमा पक्कि बाध निर्माण

  • ३१ बैशाख २०७५, सोमबार
  • सुशील बाबु थकाली अनुरागी
  • 2510 पटक पढिएको

म्याग्दी, ३१ वैशाख ।    जल उत्पन्न प्रकोप सब डिबिजन कार्यालय बागलुङको सहयोगमा थासाङ गाउँ पालिका वडा नम्बर -२ स्थित कालीगण्डकी बगरमा करिब ५ सय मिटर बराबरको पक्की बाध निर्माण भएको छ । गत २०७४ सालमा करिब २६० मिटर बाध निर्माण सम्मपन्न भएकोमा यस बर्ष थप २४० मिटर पक्की बाध निर्माण कार्य सम्मपन्न भएको हो ।

पटकपटकको प्रयास अनि सबै गाउलेहरुको अथक लगाब र मेहनतले आज यो अवस्थामा आइपुग्दा सबै गाउँका बासिन्दाहरु सुरक्षाको आभास गर्न पाएका छन्, कोबाङ/ खन्ती नदि नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष ज्वार भट्टचनले बताए ।

यसभन्दा अघिल्लो बर्षहरुमा बर्खा लागेसंगै त्रासपुर्ण बाताबरणमा रात कटाउनुपर्ने बाध्यता थियो, यस बाध निर्माण भएपछि सुरक्षाको अनुभुती भएको छ, स्थानीय लक्ष्मी परियारले बताए ।

जल उत्पन्न प्रकोप सब डिभिजन कार्यलय बागलुङको करिब ३५ लाखको बराबरको आर्थिक सहयोगमा उक्त बाध निर्माण भएको ठेकेदार नगेन्द्र फगामीले बताए ।

सुशील बाबु थकाली अनुरागी