म्याग्दीलाई पर्यटन हव बनाउन म्याग्दीका सरोकारवालाको जोड ( फोटोफिचर)

  • ३० बैशाख २०७५, आईतवार
  • धिरन खत्री
  • 2471 पटक पढिएको


बेनी,३० बैशाख । जिल्लाको पर्यटनसंगै रोजगारीको विकासका लागि म्याग्दीलाई पर्यटन हव बनाउन जिल्लाका सरोकारवालाले जोड गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को सुभारम्भ कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालहरुले यस्तो जोड दिएका हुन् ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ गरेका कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुुर थापाले म्याग्दी जिल्लामा विश्वमै अग्लो हिमाल, धौलागिरि, गुर्जा, निलगिरि लगायतको दर्जनौ हिमाल भएपनि पहाडी जिल्लामा कायम गर्दा पर्यटन विकासमा पछाडि परेका बताउदै म्याग्दीलाई हिमाली जिल्लामा कायम गर्न पर्यटन मन्त्रीलाई आग्रह गरेका थिए । भ्रमण बर्ष सफल बनाउन जिल्लाका राजनीतिक दल, स्थानीय तह, जनप्रतिनिधि र कर्मचारी र स्थानीयबासीहरु सक्रिया हुन आग्रह गर्दै पुर्वाधार निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।


नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले देशको पर्यटनको आवश्यक पुर्वाधार निर्माण गरि पर्यटक भित्र्याउनका लगि निजि क्षेत्रबाट पनि लागनी गर्ने प्रतिवद्धता दिएका थिए । त्यस्तै प्रदेश ४ की सामाजिक विकासमन्त्री नरदेवी पुनले जिल्लाको पर्यटन विकास लागि पर्यटकीय स्थलमा संचालन भएको होमस्टेमा  स्थानीय  प्राङगारिक परिकार बनाउन स्थानीय स्तरमै उत्पादनको लागि आवश्यक तयारीमा लाग्न सकेमा मात्र पर्यटकियस्थलको फरक पहिचान पर्यटकलाई दिन सकिने बताईन । पर्यटन विकासका लागि जिल्लाका पर्यटकियस्थलसंगै जिल्लाको पहिचान झल्कने लोकसस्कृति र कलासस्कृतिलाई उजागर गर्न सकेमा जिल्लाको पर्यटन विकासले थप फरक शैली प्रस्तुत गर्न सकिने भन्दै यसको संरक्षणमा स्थानीय तह लाग्न आग्रह गरेकी थिईन ।


त्यस्तै प्रदेश सांसद विनोद केसीले जिल्लाको पर्यटन विकास लागि पर्यटकिय क्षेत्रको विकाससंगै जलस्रोत र कृषिमा पनि म्याग्दीलाई चिनाउन लाग्नुपर्ने बताए । जिल्लामा रोजगार विकासका लागि पर्यटन मुख्य आधार भएको भन्दै लाहुरे जिल्लाको पहिचान बदल्न हामी सबै आफ्नो क्षेत्रमा भएको स्रोतसाधनलाई अधिकत्तम प्रयोग गर्न आग्रह गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मन्त्रि, सांसद जनप्रतिनिधिहरुले पर्यटन क्षेत्रको विकासका लागि आ–आफ्नो क्षेत्रमा योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । पुर्वसांसद एवम् नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पोडेलले म्याग्दी उद्योग वाण्ज्यि संघले सुरु गरेर मात्र हुदैन यसको परिणाम निकाल्नुपर्ने बताउदै आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रबिवद्धता समेत जनाएका थिए । त्यस्तै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जिल्लाको पर्यटन विकासका लागि पर्यटन सम्भावना बोकेर पनि ओझेलमा परेका पर्यटकिय क्षेत्रको उत्थान तथा पुर्वाधार निर्माणमा सबै लाग्नुपर्ने बताउदै बेनी नगरपालिकाबाट आवश्यक सहयोग हुने बताउनुभएको थियो ।


त्यस्तै रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादु भण्डारी, धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले स्थानीयस्तरमा भएको स्रोतसाधनलाई प्रयोग गरेर पर्यटनसंगै कृषि लगायतका क्षेत्रको विकास गरि रोजगारको विकास गर्ने प्रतिवद्धता जनाउदै प्रदेश र संघिय सरकारले आवश्यक नीति छिटो निर्माण गरिदिनुपर्ने माग गरेका थिए । त्यस्तै सो कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनकुमार विश्वकर्मा मोना आईसीसीका संस्थापक अध्यक्ष प्रकाश पुन, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तव्य राखेका थिए ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य, महासचिव लिलाराम गौतमको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थितमा कालिपुल बसपार्कमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम हुनुपुर्व जिल्लाको पहिचान झल्कने कलासस्कृतिको  झाँकीसहित स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका टोलीहरु बजार परिक्रमा गरेका थिए ।तस्विर ः धिरन खत्री

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l