कालिगण्डकी देखि भेरी नदी सम्मकोे पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार (फोटो फिचर)

  • २ चैत्र २०७३, बुधबार
  • कमल खत्री
  • 4583 पटक पढिएको

म्याग्दी, २ चैत  । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनको लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मन बहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै  विभिन्न निकाय र संघसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो ।

West dhaulagari treak (1)

म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरी सेन्चुरी पदमार्ग अन्र्तगत कुइनेमंगलेबाट सुरु भई मल्कबाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने तथा डोल्पा जोड्ने गरि तयार गरिएको पदमार्गको नक्सांकन बारे बुधवार म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा जानकारी गराईएको छ ।

16830385_1350499975010228_457305595_n 16900424_1350496725010553_125189208_n

कार्यक्रममा पदमार्गका अनुसंधानकर्ता समेत रहनुभएका पर्वतारोही खत्रीले कालिगण्डकी देखि पश्चिममा भेरी नदीसम्मको धौलागिरी रेञ्जमा रहेका हिमसृङ्खलालाई समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचान गरिएको बताउनुभयो ।

IMG_4502

उहाँका अनुसार, उक्त पदमार्गको नक्सा जिल्ला विकास समिति रुकुम, नेपाल प्रवतारोहण संघ, म्याग्दीको धौलागिरी गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा हिमालय म्याप हाउसले तयार गरेको खत्रीले जानकारी दिनुभयो ।

West dhaulagari treak (8)
खत्रीले तयार गरेको पदमार्गको नक्साङ्कन अनुसार  पश्चिम धौलागिरी पदमार्गको केन्द्रविन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धौलागिरी पदमार्गको सुरुवात विन्दु म्याग्दी सदरमुकाम बेनीलाई मानिएको गाउँ पर्यटन विकास समिति गुर्जाका संयोजक झकबहादुर छन्त्यालले बताउनुभयो ।

West dhaulagari treak (3)

पदमार्गको नक्साङकन अनुसार  तल्लो ट्रान्स धौलागिरी पदमार्गमा भम्रणमा जाने पर्यटकहरु मुस्ताङको लेतेबाट सुरु गरि फेदी–म्याग्दीको कुईनेमंगले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरी पदमार्गमा जोडिन्छन् । यस पदमार्गमा  हालै म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालनमा ल्याएको धौलागिरी सेन्च्युरी पदमार्ग हूँदै भम्रणमा पुगेका पर्यटकहरुलाई समेत कुइनेमंगले हुँदै पश्चिम धौलागिरी पदमार्गको भम्रणमा लैजान सकिने सम्भावना रहेको छ ।

West dhaulagari treak (5)

धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवत जावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरि उक्त पदमार्गको पहिचान गरिएको हो । चार बर्षको अध्ययन अनुसंधानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरी पदमार्गलाई मुख्यतया उचाईको आधारमा तीन चरणमा विभाजन गरिएको छ । माथिल्लो भेगलाई समावेश गरिएको टे«कले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडि भुगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरि नक्साङ्कन

गरिएको छ ।West dhaulagari treak (2)

पुथा र चुरेन हिमाललाई समेटीएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरी नामाकरण गरिएको छ । यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छा अनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही खत्रीले बताउनुभयो ।  त्यसैगरि तल्लो धौलागिरी ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर , रुकुमको वारमीपारमी , दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हुदै स्यार्पू तालमा पुगेर यात्रा टुंगीने गरि नक्सांकन गरिएको छ ।

West dhaulagari treak (7)

चौथो बिकल्पको रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेक अन्र्तगत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै  सिस्नेको चारगाउँ निस्कने गरि पदमार्गको पहिचान गरिएको छ । ‘‘धेरै बर्ष पहिले गुर्जाका स्थानीयबासीन्दाले नुन लिनको लागि प्रयोग गरेको गुर्जा– डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुबै तर्फका हिमाली भूगोलाई समाबेश गरि पश्चिम धौलागिरी पदमार्ग पहिचान गरिएको हो, खत्रीले भन्नुभयो ।’’

West dhaulagari treak (14)

पदमार्गमा मनोरम हिमसृङ्खला, थरिथरीका जंगली फुल, जडिबुटी, चराचुरुङ्गी, हिमाली र जंगली जनावर, प्राकृतिक भू–वनोट प्रमुख आकर्षण रहेका छन्  भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृति समेत थप आकर्षण हुनेछन् । सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्येक्ष प्रभाव पार्न नसक्ने गरि पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकहरुको लागि यो पदमार्ग उत्तम मानिने खत्री र छन्त्यालको दावि छ ।

West dhaulagari treak (9)

यस पदमार्गको पहिचान पश्चात नक्साङ्कनको लागि म्याग्दीको गुर्जा गा.वि.स.ले रु ३६ हजार र रुकुमको जिल्ला विकास समितिले रु १ लाख ७५ हजार सहयोग गरेको खत्रीले बताउनुभयो । त्यस्तै, म्याग्दीको ताकम निवासी प्रकाश पुनको पहलमा गोर्खा जि थ्रि एस संस्था मार्फत रु २५ हजार प्राप्त भएको थप रु २ लाख ७५ हजार सहयोग गर्ने प्रतिबद्धता आएको छ भने नेपाल प्रवतारोहण संघले रु ३ लाख लगानी गरेको छ भने  बाँकी रकम विभिन्न क्षेत्रबाट जुटाउने तयारी गरेको पदमार्ग पहिचानका अगुवा खत्रीले जानकारी दिनुभयो।

West dhaulagari treak (10)

‘‘ मैले विभिन्न क्षेत्रमा ट्रेक गरेको छु, सगरमाथा सिस्ने लगायत हिमाल आरोहण पनि गरेँ, तर अन्य क्षेत्रको तुलनमा पश्चिम क्षेत्रमा रहेका हिमालहरु ओझेलमा परेको अनुभुति गरेँ, र पर्यटनको विस्तार गर्दै यस क्षेत्रको गरिबी र बेरोजगारी हटाउन यस क्षेत्रको विकासको पहल गरेको हुँ, खत्रीले भन्नुभयो । ’’ कालिगण्डकीदेखि पश्चिम र भेरीनदी देखि पूर्वमा विभिन्न १० वटा पर्यटन तथा पर्वातारोहण रुट पहिचान गरिएका मध्ये माथिल्लो पश्चिम धौलागिरी, तल्लो पश्चिम धौलागिरी र ढोरपाटन कल्चरल ट्रेकलाई सम्भावनायुक्त पदमार्गको रुपमा लिईएको छ  ।

West dhaulagari treak (12)

हालै म्याग्दी उद्योग बाणिज्य संघले औपचारीक रुपमा सुरुवात गरेको धौलागिरी सेन्चुरी पदमार्गको पहिचानको क्रममा हिमालयन म्याप आउसको सम्मन्वयमा आएका स्विजरल्याण्डका नागरिक डुइन र जोया पप्पीको टोलिलाई समेत खत्रीले नै गाईडिङ गरि धौलागिरी सेन्च्युरी बेसक्याम्प पु¥याउने अबसर पाउनुभएको थियो । कालिगण्डकी देखि पश्चिम भेगमा रहेका हिमालहरुलाई एकिकृत रुपमा प्रचार प्रसार गर्ने लक्ष्य सहित एकिकृत रुपमै पदमार्गको पहिचान गरिएको उहाँले बताउनुभयो ।

West dhaulagari treak (15)

पोखरामा अन्र्तराष्ट्रिय विमानस्थलका साथै उत्तरगंगा कोरिडोर बन्न सक्योे भने यस क्षेत्रको पर्यटन विकास हुने उहाँको विश्वास छ । ‘‘ मैले चार बर्ष लगाएर पदमार्गको पहिचान संगै नक्साङ्कनको लागि प्रयास गरेको छु, अहिले यस क्षेत्रमा पूर्वाधार कत्ति पनि छैन् , करोडौँ बजेट चाहिन्छ, साहसिक यात्रा गर्न चाहनेहरु मात्रै अहिले पदयात्रा गर्न सक्छन्, नक्साङ्कन पछि यस क्षेत्रको विकासले गति लिनेछ, उहाँले थप्नुभयोे ।’’

West dhaulagari treak (13)

उच्च हिमाली क्षेत्रमा पदयात्रा गरि पदमार्ग पहिचान गर्न निकै कठिनाई भएको उहाँको अनुभव छ । ‘‘ कतिपय दिन पदमार्गको पहिचान गर्दै पदयात्रा गर्दा गोठमा बस्नेहरुसंग सातु माग्दै खाए, कयौं पटक बस भाडा नपाएर समस्यामा परेँ, कतिपय साथिहरुलाई नै सापट गरेर भएपनि पदमार्गको पहिचानमा लागिरहेँ, उनले आफ्नो अनुभुति सुनाउनुभयो । ’

17274929_1376853372374888_2126708225_n

खत्रीले आफ्नो अभियानमा नामगेल जिम्बा जाम्बु शेर्पा, अलबहादुर खत्री, इरिक रेनुड लेसकार्सेल (फ्रान्स) र गुर्जाका झकबहादुर छन्त्यालले महत्वपूर्ण सहयोग गरेको बताउँछन् ।

West dhaulagari treak (16)

सो अबसरमा बोल्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले खत्रीले पहिचान गरि नक्साङ्कन गरेका पदमार्गहरुले म्याग्दी, रुकुम र डोल्पाको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै ति पदमार्गहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा संघले सहकार्य गर्ने बताउनुभयो ।

West dhaulagari treak (11)

कार्यक्रममा गाउँ पर्यटन विकास समिती गुर्जाका अध्यक्ष झक बहादुर छन्त्यालले नक्सा सार्वजनिक भईसकेपछि गाउँ पर्यटन विकास समिति गुर्जाको पहलमा उक्त पदमार्ग अन्र्तगत पर्ने चुरेन र पुथा हिमालको आधार शिविरसम्मको पर्यटन सम्भावना र समस्याहरुको अध्ययनको लागि जिल्ला स्थित सरोकारवालाहरुलाई अध्ययन अबलोकनको लागि लैजाने तयारी भइरहेकोे जानकारी गराउनुभएको थियो भने पत्रकार कमल खत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

IMG_4502West dhaulagari treak (2)

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका पदाधिकारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तस्बिरः मनबहादुर खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l