तातोपानीमा बाढीले दुई घर पुरियो, आधा दर्जन बढी घरमा क्षती ( तस्बिर सहित)

  • ३० बैशाख २०७५, आईतवार
  • 5966 पटक पढिएको

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भिषण बषापछिको बाढीले २ घर पुरिएको छ दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भुरुङको ठाडो खोलाबाट आएको बाढी र किम्लाखर्कबाट झरेको पहिरोसंगको बाढी बस्तीतर्फ पसेपछि अन्य घरहरुमा पनि क्षती पु¥याएको छ ।
स्थानीय रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत बाढी पसेर क्षती पु¥याएको छ । पौडेलको स्टेशनरी र किराना पसलमा समेत बाढीले क्षती पु¥याएको छ ।


त्यस्तै ट्रेकर्स इन लगायतका केही होटल र घरहरुमा समेत बाढी पसेको उहाँले जानकारी दिनुभयो । बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घरहरु प्रभावित भएका छन् ।
अहिले प्रहरी र स्थानीयबासीले बाढी पहिरोबाट प्रभावित भएका घरहरुको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । त्यसैगरि बाढीको कारण बेनी –जोमसोम सडक खण्ड अन्र्तगत पर्ने बेगखोलामा बाढी आएपछि अहिले सवारी साधन वारपार हुन सकिरहेका छैनन् । तस्बिर कुमार पौडेल