म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

  • ३० बैशाख २०७५, आईतवार
  • 3327 पटक पढिएको

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो ।

भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा आज स्थानीय कला संस्कृति सहित पहिचान झल्कने झाँकी पदर्शन गरिएको छ । विभिन्न जातजाती र संघ संस्थाले बेनीमा निकालेको ¥यालीले बजार परिक्रमा गरेको छ ।प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकाले म्याग्दी भ्रमण बर्ष मार्फत यसलाई प्रचार प्रसार गर्ने र पर्यटन आगमन बढाउने लक्ष्य रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।

‘‘ म्याग्दीका अधिकाँश पर्यटकीय क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा छन्, यहाँ प्राकृतिक र धार्मिक पर्यटकीय सम्भावनासंगै कला, संस्कृति र परम्परालाई पर्यटनसंग जोड्ने हाम्रो योजना छ’’–अध्यक्ष कर्माचार्यले भन्नुभयो । धौलागिरि हिमाल आरोहण दिवसको अवसर पारेर औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुभारम्भ गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बिशेष उपस्थितिमा आज बेनीमा भव्य समारोह आयोजना गरि भ्रमण बर्षको सुभारम्भ सहित पर्यटन सुचना केन्दद्रको समेत उद्घाटन गरिँदै छ ।

यहाँको पर्यटकीय एवम् धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गरि पर्यटन आगमन बढाउने उदेश्यले सुरु गर्न लागिएको म्याग्दी भ्रमण बर्षले यहाँको सम्भावना उजागर गर्न सहयोग पुग्ने संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो। संघले एक बर्षभित्र गर्ने कार्ययोजना सहित भ्रमण बर्षलाई उपलब्धीमुलक बनाउने तयारी गरेको छ । देशव्यापी रुपमा प्रचार अभियान चलाउने र अन्र्तराष्ट्रिय स्तरमा समेत पर्यटकहरुलाई भ्रमणको लागि अनुरोध गरिनेछ । ‘‘म्याग्दी अहिले पर्यटक आवत जावत हुने नाका जस्तै बनेको छ, बर्षेनी हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ जान्छन्, उनीहरुलाई म्याग्दीमा घुमाउनको लागि आबश्यक जानकारी र सन्देश दिन समेत भ्रमण बर्षले सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’–संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार, संघले म्याग्दी भ्रमण बर्षको अवसरमा देशभर रहेका नेपाल उद्योग बाणिज्य संघ लगायत विभिन्न संघ संस्थालाई भ्रमणको लागि निमन्त्रण समेत गर्नेछ । उद्घाटन समारोह पश्चात जिल्लामा आउने पर्यटकहरुलाई पर्यटकीय गन्तव्य सम्म पु¥याउने र खाना बस्नको सुविधा लगायतको व्यवस्थापनको लागि स्थानीय तहहरुसंग छुट्टाछुट्टै रुपमा छलफल गर्ने समेत तयारि गरिएको छ । यस बर्ष म्याग्दी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि होटल र यातयातको सुविधामा समेत छुट सहितको व्यवस्था गरिएको छ ।

विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, निलगिरि , चुरेन, गुर्जा, गुर्जा पश्चिम, मानापाथी, पुठा, बराह शिखर, लगायतका हिमालहरु रहेको म्याग्दीमा अपार पर्यटकीय सम्भावना लुकिरहेको सन्दर्भमा यहाँको पर्यटन सम्भावना उजागर गर्न भ्रमण बर्षले सहयोग पुग्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । ‘भ्रमण बर्षलाई यहाँको सम्भावनाहरुको मार्केटिङ हुने गरि मनाउनुपर्छ, आउने पर्यटकहरुको खानपानको व्यवस्थापकीय वातावरणदेखि राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुलाई चिनाउन सक्नुपर्छ’’–उहाँले भन्नुभयो ।