बसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई दवाव

बोगटी जग्गामा परिणत हुदाँ सेवासुविधा लिन असहज

  • २९ बैशाख २०७५, शनिबार
  • धिरन खत्री
  • 3133 पटक पढिएको

 

म्याग्दी,२९ बैशाख । रघुगंगा गाउँपालिका ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणत हुदाँ तिरो तिरेरपनि ब्यवसाय तथा सेवासुविधा लिनका लागि ४० घर परिवारलाई गुठी जग्गाको समस्याले असहज भएको छ । लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्ले आयोजनामा भएको समान्न तथा अन्तक्रिया कार्यक्रममा स्थानीय बासीले जनप्रतिनिधिलाई समस्या समाधान गर्न ज्ञापनपत्र हस्तान्तरण गर्दै दवाव सिर्जना गरेका हुन् ।

दुईसय बर्ष पुरानो बसन्त गुठीको ३०३ रोपनी जग्गाको उपभोगसंगै अन्य काममा प्रयोग हुने आधार सिर्जना हुने गरि समाधान गरिदिन प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमृुख देवेन्द्रबहादुर केसी, रघगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई जग्गाको कर तिरेको रसिद र ब्यक्तिगत नामसारी गरि ४० घरपरिवारले आवश्यक सेवासुविधा उपभोग हुने गरि समस्या समाधान गरिदिन आग्रह गरेका थिए । ईतिसम्वत १८६६ साल आश्वित २ गते श्री गिरिराज चक्र चुडामणि नरनारायण श्री मन्महाराजा धिराज श्री महाराजा गिर्वाण जुद्ध विक्रम शाह बहादुर सम्सेरले ३०३ जग्गालाई बसन्ती बोगटी जग्गामा कायम गरि लाटुउपाध्याय सन्ततीले बगैचा बनाई सुन्तला, कटहर, बिबिरा, केरा लगायतका फलफूल लगाई जोगी सन्यासी र बैरागीलाई दिनु भन्दै उपाध्याय सन्तती समाजालाई हस्तान्तरण गरेका थिए । लाटुउपाध्यय सन्तती समाजका ४० घरपरिवारको पुर्खाको नाममा जग्गा भएपनि हाम्रो नाममा जग्गा नहुदाँ दासीन युगमा दिन विताउन बाध्य रहेको स्थानीयबासी गणेश सुवेदीले बताउनुभयो । विभिन्न समयमा राजनीतिक दल, उपाध्याय दाजुभाई र बेनी नगरपालिका १ रत्नेचौरका बोगटी दाजुभाईको उपस्थितमा भएको निर्णय कार्यान्वय गर्न ढिलाई भएको हुदाँ यो समस्या नियमबद्ध रुपमा समाधान गर्न सांसदलाई आग्रह गरेका थिए ।

साथै  बसन्त बोगटी गुठी जग्गा प्रयोग गरेबापत रघुगंगा हाईड्रो पावरले दिएको ७५ लाख मुआब्जा समेत बोगटी दाजुभाईले लगेर अक्षकोष राखी उपभोग गरेका छन् ।

बसन्त गुठी जग्गाको समस्या समाधान गर्न प्रदेश सांसद विनोद केसीले संघिय संरचना अनुसार प्रदेश सरकारले प्रदेश भुमिनीतीमा टेकेर तपाईको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । साथै राखुमा भएको खानेपानी, सडक र गुठीको समस्या समाधान गर्न सकेमा मात्र जनप्रतिनिधि भएको महसुस हुने बताउनुभयो । बसन्त बोकटी गुठी जग्गाबाट स्थानीय बासी लाटुउपाध्याय दाजुभाईले पाएको समस्या समाधान गर्न छिटै सम्वन्धित क्षेत्रमा छलफल गरेर समाधान गर्ने प्रतिवद्धता दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति देवेन्द्रबहादुर कटुवालले राखु पिप्ले, राखु भगवती र दोवा गुठी जग्गाको समस्या समाधान गर्नका लागि पञ्चायतकाल देखि पहल सुरु भएपनि समाधान गर्न नसकेर यथावत रहदै आएको बताउनुभयो बसन्त बोगटी गुठी जग्गाबाट लाटुपाध्याय सन्तती समाजका ४० घरपरिवारको हक अधिकारमा जग्गा लिनका लागि कानुनी ब्यवस्थामा रहेर यो समस्या समाधान गर्न सबै क्षेत्रमा पहल गर्ने प्रतिवद्ध जनाउनुभएको छ । त्यस्तै रघृुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको २ र ३ वडामा भएको मुक्तिनाथ गुठी र बसन्त बोकटी गुठी जग्गाको समस्या समाधान गर्न छलफल गरेर केन्द्रमा डेलिकेसन जाने निर्णय संगै लाटुपाध्यय दाजुभाईमा भएको समस्या समाधान गर्न गाउपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यस्तै वडा २ का अध्यक्ष रिमबहादुर कटुवाल, ३वडाका सदस्य पवन मल्ल, सन्तती समाजका पुर्व अध्यक्ष बालकृष्ण शर्मा, गोविन्द शर्माको लगायतको उपस्थित भएको थियो । त्यस्तै लाटुपाध्याय सन्तती समाज अध्यक्ष देवीप्रसाद शर्माको अध्यक्षता, सदस्य विजय शर्माको स्वागत मन्तव्य र विनोद रिजालको संचालनमा सम्पन्न भएको सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा समाजेसवी, शिक्षक, आमासमुह लगायतको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l