पाँच दिनसम्म पनि पग्लिएन गुर्जाको हिउँ (फोटो फिचर)

  • २ चैत्र २०७३, बुधबार
  • कमल खत्री
  • 3041 पटक पढिएको

म्याग्दी, २ चैत्र । म्याग्दीको गुर्जामा भएको हिमपातले सेताम्मे भएको दृष्य । धौलागिरी गाउँपालिका अन्र्तगत चुरेन, गुर्जा र पुथा हिमालको काखमा रहेको गुर्जामा यस पटक फागुन २६ र २७ गते बैमौसमी हिमपात भएको थियो । 17274929_1376853372374888_2126708225_n

गुर्जा संगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएको थियो । हिमपातले बालीनाली सप्रने भएपनि लामो समयसम्म नपग्लीएको कारण जनजिवन प्रभावित बनेको गुर्जाका स्थानीय प्रेमबहादुर छन्त्यालले बताउनुभयो ।

17356985_1376850515708507_102616375_o
यस पटक परेको हिमपात पाँच दिनसम्म पनि नपग्लीएको गाउँ पर्यटन प्रवद्र्धन समिती गुर्जाका अध्यक्ष झक छन्त्यालले बताउनुभयो । भारी मात्रामा हिमपात भएकाले हिउँ पग्लन समय लागेको हो ।17311816_1376850382375187_1905949695_o

यो संगै गुर्जामा यो बर्ष चार पटक हिमपात भएको छ । 17321307_1376849992375226_144780753_n

17327821_1376850915708467_787848175_n

तस्बिर : झबहादुर छन्त्याल, म्याग्दी

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l