सूचना केन्द्रको इन्टरनेट जडानका लागि मोना यूएईबाट ३० हजार सहयोग

  • २८ बैशाख २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2672 पटक पढिएको

म्याग्दी,२८ बैशाख । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि मोना युएईबाट ३० हजार आर्थिक सहयोग भएको छ । म्याग्दी भ्रमण बर्ष २०७५ लाई लक्षित गरेर जिल्लामा आउने पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको पर्यटन सूचना केन्द्रका लागि शुक्रबार मोना युएई( दुवै) का अध्यक्ष प्रकाश कार्कीले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एव्म भ्रमण बर्षका संयोजक उत्तम कर्माचार्य र दिप्तृय उपाध्यक्ष एवम् सुचना केन्द्रका संयोजक राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष कार्कीले व्यक्तिगत रूपमा उक्त सहयाेग गर्नुभएकाे हाे ।


पर्यटन सूचना केन्द्रबाट जिल्लामा भएको १ नगरपालिका र ५ गाउँपालिकाको पर्यटकिय क्षेत्रको सूचना जानकारी गराउन स्थापना गरिएको केन्द्रमा आवश्यक पुर्वाधार लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको उपस्थितमा बैशाख ३० गते उदघाट्न गरिने सुचना केन्द्रको आवश्यक तयारी तिव्र पारिएको सूचना केन्द्रका संयोजक राजेश शाक्यले जानकारी दिए ।

तिन बर्षअघि तत्कालीन जिल्ला विकास समितिले करिव प्रन्ध लाख रुपैया निर्माण गरिएको भवन संघिय संरचनाअनुसार नगरपालिकाको मातहतमा रहेको थियो । बेनी नगरपालिका संग भएको सम्झौता अनुसार म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा सूचना केन्द्र संचालन गरिएका हो । जिल्लाको धार्मीक, सास्कृतिक प्राकृतिक पर्यटकिय स्थलको पहिचान झल्कने भिडियो र तस्विर राखिने सूचना केन्द्रमा म्याग्दीमा भित्रने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ राखिने छ । निशुल्क ईन्टरनेट ब्यवस्था गरि म्याग्दीको पर्यटकिय स्थलबारेमा पर्यटकलाई परामर्श दिईने छ।


सोही कार्यक्रमको अवसरमा अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष केशमाया गुर्वजा र अच्यूत दाहाललाई अध्यक्ष कर्माचार्यले र उपाध्यक्ष शाक्यले भ्रमण बर्षको आवश्यक प्रचार सामाग्री उपलब्ध गराएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l