बैठक छाडेर पृथ्वीजयन्ती मनाउन हिँडे सहरी विकासमन्त्री !

  • २७ पुष २०७३, बुधबार
  • 1735 पटक पढिएको

सहरी विकासमन्त्री अर्जुननरसिंह केसी पृथ्वीजयन्ती मनाउन भन्दै मन्त्रिपरिषद् बैठक छाडेर हिँडेका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला केसी पृथ्वीजयन्ती मनाउन भन्दै गृहजिल्ला नुवाकोटतर्फ लागेका हुन् ।
मन्त्रिपरिषद् बैठक बीचैमा छाडेर हिँड्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले गणतन्त्र आएपछि पनि वर्षेनी पृथ्वीजयन्ती बनाउँदै आएको भन्दै यसवर्ष पनि मनाउन नुवाकोट जान लागेको बताए । उनी नुवाकोटको देविघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकस्थलमा आयोजित कार्यक्रममा सहभागि हुन नुवाकोट गएको बताइएको छ ।
उनले आफूले मन्त्रिपरिषद्को बैठकमा तीन पटकसम्म पृथ्वीजयनत्तीको दिन बिदा मनाउन र राष्ट्रिय एकता दिवसको रुपमा मनाउन प्रस्ताव गरेपनि अरु मन्त्रीहरुले चासो नदिएको समेत गुनासो गरे । यसो त मन्त्री केसीले पृथ्वीजयन्तीको दिनुपर्ने भनि सार्वजनिक कार्यक्रममार्फत माग गरेका थिए ।