समाचार प्रभावः दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई नेविसंघले पु¥यायो विद्यालयमा

  • २ चैत्र २०७३, बुधबार
  • 3692 पटक पढिएको

म्याग्दी, २ चैत। म्याग्दीको धौलागिरी गाउँपालिका अन्र्तगत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका तिन छोरीहरु पाँच महिनापछि बुधवारदेखि विद्यालयमा जान थालेका छन् । दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु मध्ये विद्यालय उमेर समुहका तीन छोरीहरु घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि विद्यालय जान छाडेको बिषयमा म्याग्दीअनलाईन डटकम र समृद्ध साप्ताहीक खबर पत्रिकाले समाचार प्रकाशन गरेपछि नेपाल विद्यार्थी संघ म्याग्दीले उनीहरुलाई अध्ययनको व्यवस्था मिलाएको हो ।

IMG_3562
बाबा र आमा दृष्टिविहिन भएको र घरपरिवारको आर्थिक स्रोत नभएपछि विद्यालय जानबाट बञ्चितीमा परेको सम्बन्धि समाचार प्रकाशन भएपछि आफूहरु विक परिवारलाई भेटेर उनका छोरीहरुको पठनपाठन गराउने जिम्मा लिएको नेविसंघ म्याग्दी बहुमुखी ईकाई सभापती निर्मल खत्रीले बताउनुभयो । ‘‘ तीन बालीकाहरु पाँच महिनादेखि नै विद्यालय जान छाडेका रहेछन्, अध्ययनको अबसरबाट बञ्चित हुन नपरोस भनेर उनीहरुको पठनपाठन गर्ने सबै जिम्मा हामीले ल्याएका हौँ, उनीहरु आजैदेखि विद्यालय जान थालेका छन्’’–खत्रीले भन्नुभयो ।

IMG_3565
नेविसंघले दृष्टिविहीन विक दम्पतीको ११ बर्षिय निरुता,  ८ बर्षिय माइली कमला र साईली ५ बर्षिय अञ्जली विकलाई बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयमा क्रमशः कक्षा चार, दुई र  बालकक्षामा भर्ना गराएर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यालय उमेर तीन बहीनीलाई आबश्यक पर्ने लत्ताकपडा, विद्यालय पोशाक, शैक्षिक सामाग्री, लगायतको व्यवस्थापन समेत नेविसंघले नै गर्ने जनाएको छ ।

IMG_3567
गाउँमा अरुको जग्गामा सामान्य घर बनाएर बस्दै आएपनि जग्गाधनिले पटक–पटक जग्गा किन्न या  घर छाड्न दबाब दिएपछि गाउँ नै छाडेर पर्वतको लामाखेतमा अरुको घर भाडामा लिएर बसेका उनीहरुको कोठामा नेविसंघले उज्यालोको लागि सोलार जडान गरिदीएको छ भने उनीहरुको परिवारको लागि आबश्यक पर्ने खाद्यान्न र मासिक रुपमा तिनुपर्ने कोठाभाडा लगायतको बन्दोबस्त समेत संघले नै गर्ने नेविसंघका सदस्य राकेश शर्माले बताउनुभयो । दृष्टिविहीन विक दम्पतीको परिवारलाई खाना पकाएर खाने ग्याँस सेटको व्यवस्थापन भने अपांग संघ म्याग्दीले गरिदिएको छ ।2

आफुहरु बस्दै आएको घरका जग्गा धनीले रु ८० हजार मागेपछि विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजीकै पर्वतको लामखेतमा कोठा भाडामा लिएर बसेका छन् । आफुहरुको समस्या बुझेर विद्यालय जान छाडेका छोरीहरुलाई पुन अध्ययन गर्ने अबसर प्रदान गरेको भन्दै विक दम्पतीले नेपाल विद्यार्थी संघलाई धन्यबाद ज्ञापन गरेका छन भने आफुहरुको समस्याबारे समाचार प्रकाशन गरेको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समेत आभार प्रकट गरेका छन् ।