प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनीक

  • २३ बैशाख २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2485 पटक पढिएको

बेनी २३ बैशाख । बेनी नगरपालीका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनीक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई कल्वका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् ।


प्रतियोगिताका लागि नौ लाख ५२ हजार ८२२ रुपैया आम्दानी र चार लाख १८ हजार ५१५ रुपैया खर्च भएको कल्वका उपाध्यक्ष मन्नु रावलले बताउनुभयो । उहाँका अनुसार चार लाख रुपैया अक्षयकोषमा राखिएको छ भने एक लाख ३२ हजार ५५५ रुपैया घोषणा भएको सहयोग रकम प्राप्त हुन बाँकी छ ।

कोषको ब्याज रकम गाउँमा युवा सचेतना, रक्तदान, सरसफाई र गरिब तथा जेहेन्दा विद्यार्थीलाई छात्रवृत्तीमा परिचालन गरिने उपाध्यक्ष रावलले बताउनुभयो । अध्यक्ष गणेश बोगटी, उपाध्यक्ष रावल, सचिव दानबहादुर महत, कोषाध्यक्ष खमबहादुर पुन लगायत कल्वका पदाधीकारी र सदस्यहरुले टोली सम्मानका लागि घरदैलोमा गएका थिए ।

सन्तोष गौतम