मालिका डान्स आईडलको प्रथम र दोस्रो राउन्ड सकियो

  • २२ बैशाख २०७५, शनिबार
  • 3318 पटक पढिएको

न्यू   मालिका युवा क्लब दुखुको आयोजनामा सञ्चालन भईरहेको प्रथम मालिका डान्स आईडलको प्रथम र दोस्रो राउन्ड समाप्त भएको छ । तेस्रो राउन्डको लागि पाँच जना प्रतिस्पर्धी छनौट भएको निर्णायक डिके पुनले बताए । सञ्जु गर्बुजा, ममता रोका, मिना पुन, सान्ता तिलिजा र सुस्मीता पुन तेस्रो राउन्डको लागि छनौट भएका छन् ।

उत्कृष्ट पाँचबाट ३ र ३ जनाबाट प्रथम मालिका आइल छनौट हुनेछ आइडल संयोजक तेजेन्द्र पुनले जानकारी दिए । पहिलो राउण्डमा खुल्ला, दोस्रो राउन्डमा कल्चरको प्रतिस्पर्धा गराइएको थियो । तेस्रो राउन्डमा मोडर्न र फिल्मी गराईने निर्णायक आशिस पुनले बताए । डान्स आईडलसँगसँगै विभिन्न खेलकुद कार्यक्रमहरु पनि सञ्चालन भईरहेका छन् । पुरुष वास्केटबलको फाईनल खेल बाँकी र अन्य खेलकुदका कार्यक्रमहरु पनि बाँकी रहेको आयोजकले जनाएको छ । डान्स आईडलको २८ गते फाइनल हुनेछ ।


आईडलमा प्रथम हुनेले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र १ महिनासम्म दिप ज्योति कला साँस्कृतिक मंच पोखरामा निःशुल्क नृत्य प्रशिक्षणमा भाग लिन पाउनेछन् ।
त्यसैगरीले उपविजेता नगद २० हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । तृतीय हुनेले नगद रु १५ हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने संयोजक पुनले बताए ।