वेग–बादुक गाउँलाई जोड्ने झोलुङ्गे पुल नेपालकै लामो र अग्लो

  • २१ बैशाख २०७५, शुक्रबार
  • धिरन खत्री
  • 6477 पटक पढिएको

 

म्याग्दी, २१ वैशाख /म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलामा नेपालकै लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि बेग र बाँदुक गाउँको तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ ।

दुइ गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको नेपालको लामो र अग्लो पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर रहेको स्वाप सहजीकरण टिविएसयु पोखराका प्रवन्धक दिनेशप्रसाद पाण्डेले जानकारी दिए । सो पुल भौगोलिक रुपकम विकट रहेको बादुक गाउँलाई सेवा पुग्ने, खोलाको असुरक्षित यात्रालाई सुरक्षित गर्न सािवक जिल्ला विकास समितिको सहयोगमा भौगोलीक रुपमा अनुसन्धान गरेर लामो र अग्लो झोलुङ्गे पुल निर्माण गरिएको एसयू काठमाण्डौका टेलव्रिज ईन्जिनियर भागवद यादवले बताए ।

जिल्ला विकास समितिको बजेट र मुक्तिनाथ÷ श्री गिता जे.भि पोखरा ७ कास्कीबमे ठेक्का सम्झौतामा पुल निर्माण ३ करोड १४ लाख २९ हजार ८५०.६० रुपैया लागतमा सम्पन्न भएको छ। दुई बर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणधिन कार्य सुरु भएको पुलको निर्माण कार्य सम्पन्न २०७४ ÷१२÷३० गते सम्पन्न भएको थियो । उच्च स्थानमा अग्लो पुल निर्माणपछि जिल्लाको पर्यटन विकास गर्नुको साथै बेग र बादुक गाउँमा होमस्टे संचालनले रोजगारीको समेत विकास गर्ने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

पुल सम्म पुग्न सहज यातायातको सुविधा भएकोले पर्यटकहरुलाई सहज हुनेको साथै पुल नजिक खाजा र खानाको लागि होटल समेत निर्माण भएको छ ।पुलले बाँदुक र बेगका बासिन्दा तथा विद्यार्थीेहरुलाई आउन र जानेलाई सहज भएको छ । बेग र बादुक दुबै तर्फ पुलबाट गाउँसम्म रेलिङ सहितको व्यवस्थित पदमार्ग निर्माण कार्य गाउँपालिका र वडाले थालेको छ । पुलदेखि बेग गाउँसम्म पदमार्ग निर्माण कार्य भईरहेको छ ।

पुलको बेगतर्फ व्यवस्थित चौतारा, वनभोजस्थल र लज सञ्चालनको तयारी पुलको थप प्रचारप्रसार गरि पर्यटन प्रर्बद्धन लागि पर्यटकियस्थल रुईसे–भेढिओढार पुग्ने पदमार्गको विकास गर्न सकेमा रघुगंगा गाउँपालिकाको समेत पर्यटन प्रवद्धनमा टेवा पुगेर स्थानीयमा ब्यवसायिक रोजगारीको विकास पनि हुने देखिन्छ । शुक्रबार जिल्ला समन्वय समितिका प्रमुखसहित प्राविधिक कार्यालयको टोली र टिबिएसयू पोखरा, एसयू काठमाण्डौको टोली पुलको अनगुमन तथा सव्रेक्षण गर्न उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l