‘हाम्रो झिँ गाउँ’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • २० बैशाख २०७५, बिहीबार
  • 5023 पटक पढिएको

म्याग्दी, २० वैशाख । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि ‘हाम्रो झिँ गाउँ’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

उक्त गितको म्युजिक भिडियोलाई झिँमा एक कार्यक्रमका बिच विमोचन समेत गरिएको छ । भारतीय गोर्खा सैनीकमा कार्यरत झिँका त्रिलोचन गर्बुजाको शब्द सिर्जनामा तयार गरिएको हाम्रो झिँ गाउँ बोलको उक्त गीतको म्युजिक भिडियो क्रियटिभ मिडिया प्रोडक्सन मार्फत बजारमा ल्याइएको हो ।

उक्त गितको म्युजिक भिडियो टोड्के, झिँ लगायतका विभिन्न स्थानहरुमा छायांकलन गरिएको छ । झिँ गाउँकै स्थानीय कलाकार समेत रहेकी लोकप्रिय गायिका निर्मला गर्बुजाको स्वर र दर्पण यात्रीको संगित रहेको गीतको म्युजिक भिडियो क्रियटिभ मिडिया बेनीका भुपेन बानियाले छायांकन, निर्देशन र सम्पादन गरेका हुन् ।

उक्त म्युजिक भिडीयोमा मुस्कान पुन मगर, सुमिना गर्बुजा मगर, एलिना थजाली मगर लगायतले नृत्य र अभिनय गरेका छन भने सुस्मिता श्रेष्ठको मेकअप, राजिन गर्बुजाको कोरीयोग्राफी रहेको म्युजीक भिडीयो छायांकनमा अनुप बानिया र बिशाल गोतामेले सहयोगीको भुमिका निर्वाह गरेका छन् ।