किन छ मधेसी मोर्चा मौन ?

  • २६ पुष २०७३, मंगलवार
  • 2039 पटक पढिएको

एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम अगाडि बढिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने मौन बसेको छ । जबकी अहिले अगाडि बढेका घटनाक्रमबाट मधेशी मोर्चाका नेताहरु सन्तुष्ट छैनन् । स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन र विना परिमार्जन सविधान संशोधन प्रस्तावलाई स्वीकार नगर्ने भनि मधेशी मोर्चाका नेताहरुले आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियो । तर अहिले दुईटै विषय अगाडि बढिसकेको भएपनि मोर्चा मौन बसेको हो ।

स्थानीय पुनर्सरचना आयोगलाई मधेशमा काम गर्न समेत नदिएका मधेशी मोर्चा प्रतिवेदन आइसक्दा पनि नबोल्नुलाई जानकारहरुले त्यसलाई रहस्यको रुपमा लिएका छन् । दुई नम्बर प्रदेशमा रहेका आठवटै जिल्लामा आयोगले कही कार्यक्रम गर्न पाएन, पछि काठमाडौकै एक क्याफेमा बसेर दुइ नम्बर प्रदेशको प्रतिवेदन तयार गर्यो ।प्रदेशको टुगों नलागेसम्म स्थानीय निकायका पुनःसंरचना गर्नुहुँदैन भनि मधेशी मोर्चाले विरोध गर्दै आयोगको काममा आवरोध गरेको थियो तर आयोगले पुस २२ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।प्रतिवेदन बुझाएको आज ६ दिनभयो तर मधेशी मोर्चाको आधिकारिक प्रतिकृया आएको छैन । यस विषयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतासँग जिज्ञासा राख्दा मधेशी मोर्चाको बैठक बसेपछि प्रतिृकया आउने बताए । तर उनले आयोगले बुझाएको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नरहेको प्रतिकृया दिए ।आयोगले बुझाएको प्रतिवेदनको बारेमा हालसम्म मोर्चाको तर्फबाट कुनै प्रतिकृया आएन नि भनि जिज्ञासा राख्दा राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘मोर्चाका नेताहरु पार्टीका कामले काठमाडौ बाहिर भएका कारणले बैठक बसेको छैन, बैठकपछि आधिकारिक प्रतिकृया आइहाल्छ ।’आयोगले दिएको प्रतिवेदनमा मधेशी मोर्चाको मौन स्वीकृति त होइन भनि जिज्ञासामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल स्वीकृति नरहेको बताए । उनले भने, कुनै मौन स्वीकृति होइन, मोर्चाका प्रायः नेताहरु बाहिर भएका हुनाले आधिकारिक धारणा नआएको हो ।’संघीय समाजवादी फोरम नेपाल निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा उपेन्द्र यादवले आफ्नो मतन्तव्य राख्दा आयोगले बुझाएको प्रतिवेदन विषयमा एक शब्द पनि उच्चारण गरेनन् बरु उनले सरकारले प्रस्तुत गरेको विधेयकको विरोध गरे ।

संशोधन विधेयक दर्ता हुँदा पनि मधेशी मोर्चाका नेताहरुले त्यसलाई अस्वीकार गरेका थिए । पछि परिमार्जनसहित प्रस्ताव भए मात्र स्वीकार गर्ने भनिएको थियो । सरकारले संशोधन प्रस्तावलाई विना परिमार्जन संसदमा टेबल गर्यो तर मोर्चाको तर्फबाट कुनै नविरोध भयो नकुनै प्रतिकृया आयो ।यस विषयमा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग जिज्ञासा राख्दा उनले ‘संसदमा टेबल गर्नु पूर्व नै परिमार्जन गर्नुपर्ने भनेका थियौं तर त्यो सम्भव भएन अब संसदमै संशोधन हाल्ने’ प्रतिकृया दिए ।मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिह भण्डारी, अनिल झा, महेन्द्रराय यादव उपत्यका बाहिर छन् ।