पत्रकारसंग सूचना तथा सञ्चार प्रविधि सम्वन्धि अन्तक्रिया

  • १९ बैशाख २०७५, बुधबार
  • 3033 पटक पढिएको

म्याग्दी,१९ बैशाख । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारलाई सूचना प्रविधि बारे जानकारी गराउदै दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधिको प्रयोग गरि दैनिक गतिविधि जानकारी लिन र दिनका लगि सूचना तथा प्रविधि सम्बन्धि कसरी प्रयोग गर्ने सम्वन्धि जाकारी गराउदै मनाएको हो ।

सुचना तथा प्रविधिका प्रशिक्षक याम केसीले वेवसाईट प्रयोग गर्ने विधि तथा खोल्ने तरिकाबारे सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सुचना प्रविधिको विकास र प्रयोगमा पत्रकारको चासो धेरै रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं ४ सदस्य सन्तोष गौतम, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष धनश्याम खड्का, पूर्व अध्यक्ष सुरत केसी, प्रेस सोसाईटी म्याग्दीका अध्यक्ष गोपाल छन्त्याल लगायत विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता तथा स्वागत क्यान म्याग्दीका अध्यक्ष वामदेव रिजाल र सञ्चालन सचिव लाल बहादुर खत्रीले गरेका थिए ।