मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने

  • १९ बैशाख २०७५, बुधबार
  • 2612 पटक पढिएको

म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ ।

अधिवेशनलाई सफल बनाउन विभिन्न समिति मार्फत तयारीलाई तिब्र पारिएको मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले जानकारी दिए ।

टोकियो स्थित रोधी क्लबको सभाकक्षमा हुने सो अधिवेशन विहान १० बजेदेखि अपरान्न १ बजेसम्म बन्दसत्र र अपरान्न २ बजेदेखि घोषणा सभा तथा हुनेछ । सो कार्यक्रममा सहभागीताको लागि जापानमा रहेका सबै म्याग्देलीहरुलाई आह्वान गरेको अध्यक्ष बानियाँले बताए ।

सो क्रममा देश विकासमा राष्ट्रिय आविष्कार केन्द्रको सान्दर्भिकता बिषयमा डाक्टर पुनसंग अन्र्तक्रिया समेत हुनेछ । सो अवसरमा खेलाडीहरुलाई सम्मान समेत गरिनेछ ।

संस्थाको विद्यान संशोधन गर्न विधान मस्यौदा समिति, निर्वाचन समिति, प्रचार प्रसार समिति, व्यवस्थापन समिति लगायतका विभिन्न उपसमितिहरु समेत गठन गरि तयारीलाई तिब्र पारिएको मोना जापानकी उपाध्यक्ष ईन्दिरा गर्वुजाले जानकारी दिईन् ।

जापानमा रहेका म्याग्देलीहरु सन २००७ मा मयग्दी सञ्जाल जापानको नामबाट संगठीत भएका थिए भने २०१६ मा विश्वभर छरिएका म्याग्देलीहरुको साझा नामको रुपमा मोना जापानको रुपमा नामकरण भएको थियो ।