प्रथम मालिका डान्स आईडलको तयारी अन्तिम चरणमा

  • १९ बैशाख २०७५, बुधबार
  • 2101 पटक पढिएको

पश्चिम म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा हुन लागेको प्रथम मालिका डान्स आइडलको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुद्ध जन्म जयन्तीको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत आइडल २० गतेबाट सुरु हुने आईड सुरु हुनेछ । आज भोलि कला को भन्दा पनि पैसा को आधार भोेटीङ्गको आधारमा विजेता घोषणा गर्ने प्रचलन बढीरहेको अवस्थामा क्बले नो भोटीङ्गको सिस्टम लागु गरिएको छ ।

व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्पफटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर डान्स आईडलको आयोजना गरिएको मूल संयोजक तेजिन्द्र पुन मगरले बताए । २०,२१ र २२ गते प्रतियोगिता हुनेछ भने फाइनल २८ गते हुने आयोजकले जनाएको छ ।

आईडलमा प्रथम हुनेले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र १ महिनासम्म दिप ज्योति कला सास्कृतिक मंच पोखरामा निःशुल्क नृत्य प्रशिक्षणमा भाग लिन पाउनेछन् ।

त्यसैले उपविजेता नगद २० हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । तृतीय हुनेले नगद रु १५ हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने संयोजक पुनले बताए ।