मारुनी ब्याण्डको चर्चीत गीत ‘आँखै भिजाउने’को कभर गीत सार्वजनीक ( भिडियो सहित)

  • १८ बैशाख २०७५, मंगलवार
  • 4094 पटक पढिएको

म्याग्दी, १८ वैशाख । म्याग्दीको चर्चित प्रर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा छायांकन गरिउको मारुनी ब्याण्डको चर्चित गीत ‘ आँखै भिजाउने’ को कभर गीत सार्वजनिक भएको छ । युवा गायकहरुको समुहले तयार पारेको उक्त गितलाई म्युजिक भिडियो सहित युटुब मार्फत सार्वजनिक गरिएको हो । संगीत क्षेत्रमा रुची राख्ने पोखराका ३ युवाहरु याम पुन, धर्मेन्द्र पुर्जा र मोहन पुन मिलेर झण्डै २० बर्ष अगाडी मारुनी व्याण्ड सुरु गरेका थिए ।


मारुनी ब्याण्डले पहिलो एल्बम सार्बजनीक गर्न झण्डै ४ बर्ष मेहेनत गरे । २०५७/५८ मा पहिलो एल्बम सार्बजनिक गरेका थिए । त्यति खेर टीममा जितेन्द्र गर्वुजा,सचिन पराजूली, सिद्धार्थ भण्डारी पनि ब्याण्डमा आबद्ध थिए । पहिलो एल्बम संगै ‘आँखै भिजाउने’ बोलको गीतको म्युजीक भिडीयो पनि सार्बजनिक भएको थियो । ‘आँखै भिजाउने’ दर्शक स्रोताले अत्याधीक रुचाईदिए तर ब्याण्ड मेम्बरहरु को कार्य पारीवारीक ब्यस्तताले ब्याण्डले निरन्तरता पाउन सकेको थिएन् ।

सबै मेम्बरहर अलगीनु परे पनि रीयुनीयनको बारेमा साथिहरु संग कुरा भईरहने ब्यान्डका भोकलीष्ट याम पुनको भनाई छ । गीत सर्वजनीक भएको झण्डै १७ बर्ष पछि मारुनी ब्याण्डका जितेन्द्र गर्वुजाका सहोदर भाई भीम गर्वुजा ले आफ्नो ‘ज्वाँई जेठान दाजू भाई’ नामक सांगीतीक समूह संग मिलेर त्यो बेलाको साँगीतीक माहोल पुनरताजगी गर्ने गरी कभर गीत गाएर म्यूजीक भिडीयो समेत सार्बजनिक गरेका हुन् ।

दाईहरुको पछि लागेर बिभीन्न कन्सर्टहरुमा सहभागी हुँदाको रमाईलो अनुभब सुनाउदै उनले यो आफ्नो प्रयास पुर्ण रुपमा मारुणी ब्याण्ड लाई समर्पण गरेका छन् । त्यो बेला को अत्याधीक रुचाईएको गीत र भीडीयो पर्यटकीय स्थल घोरेपानी पुनहीलको सुन्दरतालाई कैद गरिएको ले दर्शकले रुचाईदिनेमा उनि बिश्वस्त छन् । आँखा भिजाउने कभर भिडीयो निर्माण देवेन्द्र पुनले गरेका हुन भने रंग संयोजन एजू (साथि क्रीयशन) को रहेको छ ।