ठाडखानी गाउँ चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • १२ बैशाख २०७५, बुधबार
  • 2902 पटक पढिएको

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँ चिनाउने लोकदोहोरी गित म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।‘कला र संस्कृति ठाडखानीको’ बोलको गितलाई क्रियटिभ मिडिया प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याएको हो। प्रविन छन्त्यालको शब्द तथा लय सिर्जना रहेको उक्त गितमा अर्जुन सुनाम र विन्दु परियारले स्वर भरेका छन् ।

सो गितको शब्द मन बहादुर बुढाथोकी, करन छन्त्याल , नरप्रसाद छन्त्यालले सम्पादन गरेका थिए । ठाडखानी गाउँभित्र रहेका धार्मिए तथा ऐतिहाँसिक ठाउँ र परम्परागत कला संस्कृतिहरुलाई समेटेर तयार गरिएको उक्त गित र म्युजिक भिडियोमा दिपीना छन्त्याल र अर्विन छन्त्याल लगायतले अभिनय गरेका छन् ।

क्रियटिम मिडिया प्रोडक्सनका भुपेन बानियाँले निर्देशन तथा छायाङ्कन गरेको सो म्युजिक भिडियोमा विशाल गोतामे र अनुप बानियाँको सह–छायांकनको भुमिका रहेको छ भने म्युजिक भिडियोको छायांकनमा राजकुमार परियारले कोरियोग्राफर र सुस्मिता श्रेष्ठले मेकअपमा भुमिका खेलका छन् ।