जनसम्पर्क समिति कोरियाको क्षेत्र नम्बर १ को अध्यक्षमा म्याग्दीका बानियाँ

  • १२ बैशाख २०७५, बुधबार
  • 3269 पटक पढिएको

म्याग्दी, १२ वैशाख । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । आठ वटै क्षेत्र सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । क्षेत्र नम्बर १ सउलबाट म्याग्दीका लोक बानियाँ सहित १५ सदस्यीय कार्यसमिति निर्वा्चित भएका छन् । क्षेत्र नम्बर २ ओइजम्बुबाट लक्ष्मण कार्कीको नेतृत्वमा सोहि संख्यामा नयाँ कार्यसमिति चयन भएको जनसम्पर्क समिति कोरियाका निर्वतमान सभापति नवराज सिवाकोटीले जानकारी दिनु भएको छ ।

यसैगरी क्षेत्र नम्बर ३ इन्छनबाट भरत पाण्डे, क्षेत्र नम्बर ४ आन्सान सुवनबाट सन्तोषराज न्यौपाने, क्षेत्र नम्बर ५ छनान फ्यान्तेकबाट प्रकाश गाहा मगर, क्षेत्र नम्बर ६ थेगुबाट सुरेश क्षेत्री, क्षेत्र नम्बर ७ बुसानबाट नविन के.सी र क्षेत्र नम्बर ८छुङ्बुकबाट अमृत गिरीको नेतृत्व १५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । निर्वा्चित सवै क्षेत्रका पन्ध्र सदस्य मध्ये बाह् जनाले आगामी मे ६मा हुने महाधिवेशनमा प्रतिनिधीको रुपमा सहभागी हुन पाउने छन् । भने नयाँ क्षेत्रिय कार्यसमितिका सदस्य बाहेक पनि अन्य प्रतिनिधीले पनि महाधिवेशनमा सहभागीता जनाउने छन् ।

जनसम्पर्क समिति कोरियाको मे ६मा हुन लागेको महाधिवेशनमा चर्चित युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाको प्रमुख आतिथ्यमा हुने वर्तमान सभापति गिरीराज कुँवरले जानकारी दिनु भएको छ । कुँवरका अनुसार आज सम्पुर्ण क्षेत्रिय अधिवेशन भव्य र सौहार्दपुर्ण सम्पन्न भएका छन् । क्षेत्रिय अधिवेशनमा उल्लेख्य सहभागिता भएकोले महाधिवेशनमा भव्य हुने संकेत देखिएको पनि कुँवरले बताउनु भएको छ ।

महाधिवेशनमा पनि सर्वसम्मतले नयाँ नेतृत्व चयनका लागि गृहकार्य भइरहेको र सम्भव भए सम्म निर्विरोध नेतृत्व चयनको प्रयास हुने उहाँको भनाई थियो । तर नेतृत्वका लागि अहिले सम्म ३ जना आकांक्षी रहेको बुझिएको छ । यद्यपी अहिले सम्म कसैले पनि नेतृत्व दाबी सहित उम्मेद्वारी घोषणा भने गरेका छैनन् । news source: hellonepalkorea.com