म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सिड्नीमा होली बिशेष कार्यक्रम

  • ३० फाल्गुन २०७३, सोमबार
  • माधव सुवेदी
  • 5004 पटक पढिएको

अष्ट्रेलिया । म्याग्दीको पश्चिमी भेग बिशेष गरी धवलगिरी गाउँ  पालिकाका ब्यक्ति हरु को संस्था म्याग्दी    जलजला परिवार अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको  सिड्नीमा फागु पुर्णिमा अर्थात होली बिषेश कार्यक्रम सम्पन्न भएको छ ।17238670_1065147510295756_412652423_n

नेपाल को बिभिन्न ठाउँमा आर्थिक  सामाजिक  क्षेत्र  संगै खेलकुदको क्षेत्रमा काम गर्दै आएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाले सिड्नीमा सो कार्यक्रम आयोजना गरेको हो ।17321490_1065146380295869_987857760_n

कार्यक्रममा फागुपूर्णिमा पर्वको अबसरमा थकाली सेवा समाजद्धारा आयोजित भलिबल खेलमा प्रथम हुन सफल समाजका खेलाडिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । 17274510_1065146150295892_731366527_n

सोही अबसरमा भर्खरै मात्रै अष्टे«लियमा आएर म्याग्दी जलजला परिवारमा आबद्ध भएका नेपालीहरुलाई समेत स्वागत गरिएको थियो ।

17270490_1065146856962488_470523570_nम्याग्दी जलजला परिवार अस्ट्रेलियामा आबद्ध खेलाडिहरुले भलिबल खेलमा बर्चस्व कायम राख्दै आएका छन् । उक्त कार्यक्रममा एक आपसमा रङ र अबिर लगाएर होली समेत खेलिएको थियो । 17270947_1065146633629177_570134185_n
विदेशमा भएपनि आफ्नो देशको कला संस्कृतीलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यताले होली बिशेष कार्यक्रम गरिएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष राजकुमार भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव सुवेदीले गर्नुभएको थियो । 17238832_1065147940295713_1962251693_n

माधव सुवेदी