पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका गौतम सर्वसम्मत, अध्यक्ष पौडेल सहितको टिम निर्विरोध

  • ९ बैशाख २०७५, आईतवार
  • 2093 पटक पढिएको

म्याग्दी, ९ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ । आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद हुनुहुन्छ ।

उहाँ सगरमाथा टेलिभिजन, कारोबार दैनिक, रासस लगायत म्याग्दीका स्थानीय सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ । एक दशक बढी समयदेखि पत्रकारीतामा क्रियाशिल रहनुभएका पत्रकार गौतमले आफुलाई निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पूर्णप्रति धन्यबाद ज्ञापन गर्दै श्रमजिवि पत्रकारहरुको हक, हित र अधिकारको लागि आफ्नो भुमिकालाई प्रभाबकारी बताउने प्रतिकृया दिनुभयो । यसैबिच खुला सदस्यमा गौतम सहित प्रदेश ४ को सम्पूर्ण कार्य समिति नै निर्विरोध भएको छ ।

आईतवार मनोनयन दर्ताको समयमा कार्य समितिको लागि आबश्यक मात्रै उम्मेदवारी परेपछि सम्पूर्ण कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा त्रिभुवन पौडेल, बरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव खुला ईन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा खुलातर्फ म्याग्दीका गौतम सहित खेमबहादुर सारु मगर, गोविन्द प्रसाद सुवेदी, बसन्दराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, र शुशिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका हुन् । महिला सदस्यमा अञ्जना तिमिल्सीना, कमला केसी र रविना ढकाल, दलित सदस्य राजेश सोनाम, आदिबासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तिमगर तथा अल्पसंख्यक सदस्यमा शेष मोहम्मद हनिफ छन् । मधेशी २ सदस्यको कोटामा कुनैपनि उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।