लेनीन जयन्ती एवम कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बिचार गोष्ठी सम्पन्न

  • ९ बैशाख २०७५, आईतवार
  • 1907 पटक पढिएको

म्याग्दी, ९ वैशाख । लेनिन जयन्ती एवम कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतवार बेनीमा विचार गोष्ठी सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको आयोजनामा भएको बिचार गोष्ठीमा सहभागीहरुले नेपालमा कम्युनिष्ट शक्तिहरुबिचको एकताले मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुनेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिट व्युरो सदस्य एवम जिल्ला संयोजक गोविन्द पौडेलले नेकपा माओवादी केन्द्र र एमाले बिचको पार्टी एकताले समाजबादको कार्यदिशालाई थप बलियो बताउने बताउनुभयो । उहाँले एककाइसौँ शताब्दीको जनबाद र जनयुद्धको मर्म अनुसार पार्टी एकता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला सल्लाहकार समितिका संयोजक कृष्णबहादुर थापाले नेपालमा विभिन्न समुहमा विभक्त कम्युनिष्ट शक्तिहरुको एकताले मात्रै मुलुकमा विकास र स्थायीत्व सम्भव रहेकामा जोड दिँदै माओवादी र एमालेसंगै अन्य कम्युनिष्ट शक्तिहरुपनि गोलबद्ध हुन आबश्यक रहेकोमा जोड दिनुभयो । संयोजक थापाको अध्यक्षता, केन्द्रिय पोलीटव्युरो सदस्य पौडेलको प्रमुख आतित्यथा र माओवादी केन्द्र बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।