रेडक्रस भकिम्ली उपशाखाको साधारणसभा सम्पन्न

  • ९ बैशाख २०७५, आईतवार
  • 1697 पटक पढिएको

म्याग्दी, ९ वैशाख । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको १० औँ बार्षिक साधारण तथा अधिवेशन आइतबार भकिम्लीमा सम्पन्न भएको छ । शाखाका सभापति दुर्गाराम सुवेदीको सभापत्विमा भएको कार्यक्रममा बोल्दै बेनी नगरपालिका ३ भकिम्लीका कार्यवाहक वडा अध्यक्ष रत्न जिसीले रेडक्रसले मानवीय कार्यमा गरेको सहयोगको प्रशंसा गरे ।

आजिवन सदस्य एवम् जयन्ती माविक भकिम्लीका प्रधनाध्यापक रामबहादुर पुनले स्वागत गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपसभापति काशीराम रेग्मी, वडा सदस्य हरिकला नेपाली, गेमबहादुर घर्ती, यामबहादुर रिजाल, रेडक्रसकर्मी सरस्वति सापकोटा र जयन्त मावि भकिम्लीका जुनियर रेडक्रस सर्कलका अध्यक्ष सुस्मित वि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपशाखाका कोषाध्यक्ष भोजबहादुर जिसीले आर्थिक तथा साँगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन आजीवन सदस्य सन्तोष सुवेदीले गरेका थिए ।